default_image

1 year ago

October 18, 2023

विश्वकप छनोट खेल्न नेपाल आउने हङकङको टोली घोषणा

3054 views

0 Bookmark

एजेन्सी – हङकङले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न नेपाल आउने टोली घोषणा गरेकोछ । अनुभवी ब्याटर अंशुमन रथ टोलीमा फर्किदा मार्टिक कोट्जी पहिलो पटक टोलीमा परेका छन् ।

निजातक खानको कप्तानीमा घोषणा टोलीमा अंशुमन रथ, बाबर हायत र जिशान अली जस्ता ब्याटर छन् । काउन्टीमा अनुभवी स्कट म्याकेन्जी पनि टोलीमा फर्किएका छन् । उनले ८ ओडिआई र २९ टि२० आई खेल खेलेका छन् ।

दक्षिण अफ्रिकामा घरेलु क्रिकेट खेलेका ब्याटर मार्टिन कोट्जी पनि टोलीमा छन् । उनले दक्षिण अफ्रिका आमन्त्रिण ११ बाट घरेलु क्रिकेट खेलेका थिए । साउथ वेस्टर्नबाट घरेलु क्रिकेट खेल्ने गर्दथे।

हङकङले विश्वकप छनोटअघि नेपाल र युएईसँग त्रिकोणात्मक सिरिज पनि खेल्नेछ । विश्वकप छनोटको समूह बी मा हङकङ, युएई, बहराइन र कुवेत छन् ।

समूह ए मा नेपाल, सिंगापुर, मलेसिया र ओमान छन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

हङकङको टोली

निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।

त्रिकोणात्मक सिरिजमा हङकङको खेल तालिका

१९ अक्टोबर – नेपाल

२१ अक्टोबर – नेपाल

२२ अक्टोबर – युएई

२५ अक्टोबर – युएई

२७ अक्टोबर – फाइनल

विश्वकप छनोटमा हङकङको खेल तालिका

३० अक्टोबर – कुवेत

३१ अक्टोबर – बहराइन

२ नोभेम्बर – युएई

३ नोभेम्बर – सेमिफइनल

५ नोभेम्बर – फाइनल

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.