1 year ago
October 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आज युएईसँग खेल्दैछ । खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले पछिल्लो पटक तीन साताअघि १९ औं एसियाली खेलकुद (एसियाड) मा भारतसँग खेलेको थियो ।
जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।
यो विश्वकप छनोट अघि सिरिज हुँदा आफ्नो उत्कृष्ट प्लेइङ–११ खोज्ने प्रयास गर्नेछ । भारतसँगको खेलबाट नेपाली टोलीमा कम्तिमा एक परिवर्तन गर्ने पक्काछ । स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । त्यसैको कारण नेपालले उनको स्थानमा एक स्पिनरलाई खेलाउनेछ ।
मुलपानी क्रिकेट मैदान स्पिनर सहयोगी हुँदा चार मध्य एक खेलाडीले टोलीमा मौका पाउनेछन् । नेपालको टोलीमा ललितनारायण राजवंशी, सूर्य तामाङ, सागर ढकाल र श्याम ढकाल स्पिनर छन् । ललित अघिल्लो महिना घाइते हुँदा ब्यूटीबोनको शल्यक्रिया गर्नुपरेको थियो । उनलाई ठिक हुन ६ देखी १० हप्ता लाग्ने बताइएको थियो ।
ललितले आजको खेल खेल्ने सम्भावना कम छ । विश्वकप छनोटलाई तयार पार्न उनलाई टोलीमा समेटेको हुनसक्ने अनुमान गरिएको छ । ललित फिट नहुँदा सागर ढकाल र श्याम ढकाल मध्य एकले मौका पाउनेछन् ।
यदि ललित पूर्ण रुपमा फिट नभएको अवस्थामा श्यामले मौका पाउन सक्छन् । सन्दीप टोलीमा नहुँदा लेग स्पिनरलाई मौका दिनसक्छ । स्पिन आक्रामणमा अफस्पिनर दीपेन्द्रले साथ दिनेछन् ।
सन्दीप र ललित नहुँदा नेपालको बलिङ आक्रामणमा असर पर्ने देखिन्छ । नेपालको टोलीमा अन्य परिवर्तनको सम्भावना कम छ । ओपनरमा कुशल भुर्तेल र आसिफ शेख छन् । कुशल आक्रामक र आसिफ संयमित सुरुवात गर्न खोज्नेछन् ।
मंगोलियाविरुद्ध ३४ बलमै शतक हानेका कुशल मल्ल तेस्रो नम्बरमा खेल्नेछन् । कुशलबाट नेपाल विष्फोटक ब्याटिङ चाहन्छ । कप्तान रोहित पौडेल चौथो र दीपेन्द्रसिंह ऐरी पाँचौं नम्बरमा खेल्नेछन् । दीपेन्द्र नेपालका प्रमुख अलराउन्डर हुन् । मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक हानेका दीपेन्द्रबाट नेपाल उत्कृष्ट अन्त्य चाहन्छ ।
भारतविरुद्ध राम्रो प्रदर्शन गरेको हुँदा सन्दीप जोराले निरन्तरता पाउनेछन् । सन्दीप जोराले भारतीय प्रमुख बलर अर्शदीपलाई १६औं ओभरमा दुई छक्का हानेका थिए । जोराको मनोबल पनि उच्चछ । उनी छैटौं नम्बरमा खेल्नेछन् ।
सोमपाल कामी, गुलशन झा र करण केसीले सातौं, आठौं र नवौं स्थान सम्हाल्नेछन् । कुन खेलाडी कति नम्बरमा खेल्ने टोलीको प्रदर्शनमा निर्भर हुनेछ । खराब प्रदर्शन गर्दा सोमपाल माथि खेल्नेछन् । तर राम्रो अवस्थामा हुँदा करणले माथि खेल्दै विष्फोटक अन्त्य गर्नेछन् । १० औं र ११ औं नम्बरमा अभिनाश बोहरा र एक स्पिनर हुनेछन् ।
नेपालसँग तीव्र गतिका बलरमा गुलशन पार्टटाइम विकल्प हुनेछन् । करण र सोमपालले नयाँ बलका साथ सुरुवात गर्नेछन् । डेथ ओभरमा अभिनाश बोहरा हुनेछन् । स्पिनरमा दीपेन्द्रलाई श्यामले साथ दिने सम्भावना छ । पार्टटाइममा रोहित पौडेल र कुशल भुर्तेल पनि हुनेछन् ।
नेपालको सम्भावित प्लेइङ-११ः
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]