default_image

1 year ago

October 18, 2023

त्रिकोणात्मक सिरिज : नेपालको खेल तालिका, समय, लाइभ र टिकट बारे जानकारी

6118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, युएई र हङकङबीच त्रिकोणात्मक टि२० आई सिरिज आजदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । पहिलो खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

दुई सातापछि टियु र मुलपानी मैदानमा हुने आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज हुन लागेको हो । तीन टोलीको लागि सिरिज विश्वकप छनोट अघि निकै महत्वपूर्ण हुनेछ ।

नेपालको खेल तालिका र समय

कार्तिक १ (अक्टोबर १८) : नेपालविरुद्ध युएई, मुलपानी – दिउँसो १ बजे

कार्तिक २ ( अक्टोबर १९) : नेपालविरुद्ध हङकङ, मुलपानी – दिउँसो ११बजे

कार्तिक ४ (अक्टोबर २१) : नेपालविरुद्ध हङकङ, मुलपानी – दिउँसो ११ बजे

कार्तिक ६ (अक्टोबर २३) : नेपालविरुद्ध युएई, मुलपानी – दिउँसो ११ बजे

कार्तिक १० (अक्टोबर २७) : शीर्ष दुई टोली फाइनल, टियु मैदाान – दिउँसो ११ बजे

लाइभ – हिमालय टेलिभिजन

टिकट – २ सय नेपाली रुपैयाँ रहेको छ । क्यानको टिकेटिङ्ग पाट्नर आइएमी पे बाट उक्त टिकट काट्न सकिन्छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

Success

Thank you for your time.