default_image

11 months ago

October 18, 2023

नेपालले आज युएईसँग खेल्दै

3190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत आज युएईसँग खेल्दैछ । खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । योसँगै मुलपानी मैदान टि२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बन्नेछ ।

नेपालले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्लो समयको उच्च लय, एसिया कप र १९ औं एसियाली खेलकुदमा भारतविरुद्धको प्रदर्शनले नेपाली टोलीको मनोबल झनै उच्च छ । नेपाल त्यहिँ लय र प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । नेपाल घरेलु मैदान र दर्शकको पनि फाइदा उठाउनेछ ।

उता युएईले दुई महिना अघि टि२० आई सिरिजमा न्युजिल्यान्डलाई हराएको थियो । टि२० क्रिकेटमा युएईले पनि सानदार प्रदर्शन गर्दै आएको छ । मोहम्मद वासिम र आसिफ खानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी दुई युएईका ब्याटर टि२० विशेष खेलाडी हुन् ।

नेपालले एसियाडमा भारतविरुद्ध खेलबाट टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । उनी नहुँदा एक स्पिनरलाई मौका दिने देखिन्छ । स्पिनरमा ललितनारायण राजवंशी, सूर्य तामाङ, सागर ढकाल र मौसम ढकाल छन् । सागर र मौसम मध्य एकले मौका पाउनेछन् । मौसमले खेलेको खण्डमा नेपाली टोलीमा डेब्यू गर्नेछन् ।

नेपालको ब्याटिङ मुख्य हतियार हो । कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा र करण केसी विष्फोटक ब्याटिङ गर्न सक्छन् । दुई कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । डेथ ओभर बलिङ नेपालको कमजोरीको रुपमा छ । अभिनाश बोहराको आगमनले उक्त समस्या अन्त्य हुने अनुमान गरिएको छ । सोमपाल कामी र करण केसी नयाँ बलका साथ बलिङ गर्नेछन् ।

दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक पूरा गरेका थिए । ब्याटिङसँगै स्पिन आक्रामण उनीबाट निकै महत्वपूर्ण हुनेछ ।

उता मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान युएईका प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा आउट गर्न सके नेपाल खेलमा हाबी बन्न सक्छन् । स्पिनर आयन खान यस सिरिजमा छैनन् । उनी यू१९ टोलीको कप्तान हुन् । युएईको तीव्र गतिको बलिङ आक्रामण मजबुतछ । जहुर खान, मोहम्मद जवादुल्लाह र जुनैद सिद्दिकछन् ।

पछिल्लो समय नेपालले टि२० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यहिँ खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन । पछिल्ला पाँच टि२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ ।

हेड टु हेड :

नेपाल र युएईबीच पाँच टि२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.