default_image

11 months ago

October 17, 2023

मुलपानी टि२० आई मान्यता पाउने १ सय ९० औं मैदान बन्दै

2397 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेल बुधबार मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । मुलपानीमा नेपाल र युएईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपाल र युएईबीचको खेलसँगै माथिल्लो मुलपानी क्रिकेट मैदान टि२० आई मान्यता पाउने विश्वकै १ सय ९० औं मैदान बन्नेछ ।

नेपालको माथिल्लो मुलपानी टि२० आई मान्यता पाउने दोस्रो मैदान बन्नेछ । २०१९ डिसेम्बरमा टियु क्रिकेट मैदान टि२० आई मान्यता पाउने विश्वको १ सय ३९ औं मैदान बनेको थियो ।

गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा माथिल्लो मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाएको थियो । सेमिफाइनल खेलमा युएई र ओमानबीचको खेलबाट मुलपानी ओडिआई मान्यता पाउने विश्वको २ सय १६ औं मैदान बनेको थियो ।

२०२० मा टियु क्रिकेट मैदान ओडिआई मान्यता पाउने विश्वको २ सय ९ औं मैदान बनेको थियो । विश्वमा सर्वाधिक धेरै टि२० आई मैदान भारतमा छन् । भारतमा २४, अष्ट्रेलिया १२, इंग्ल्यान्ड १०, दक्षिण अफ्रिका १२ र न्युजिल्यान्ड १० मैदान छन् ।

नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ । कार्तिक ६(अक्टोबर २३) मा नेपालले युएईसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् । पहिलो खेल दिउँसो १ बजे हुँदा अन्य खेल विहान ११ बजे सुरु हुनेछ ।

शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल भने कार्तिक १० (अक्टोबर २७) मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज आयोजना गरेको हो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.