1 year ago
October 16, 2023
एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । जितको लागि २ सय १० रनको मध्यम विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ग्लेन म्याक्सवेल २१ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे ।
मार्कस स्टोइनिस १० बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे । स्टोइनिसले वेलालागेलाई विजयी छक्का हानेका थिए । अष्ट्रेलियाको जितमा जोश इंग्लिसले ५९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५८ रन बनाए । मिचेल मार्श ५१ बलमा ९ चौका ५२ रनमा आउट भए । चौथो ओभरको पहिलो बलमा ओपनर डेविड वार्नर ११ रनमा एलबीडब्लू आउट भए ।
उनी तीव्र गतिका बलर दिलशान मदुशानकाको बलमा आउट भएका थिए । रिभ्यु लिएपनि लेग साइडको बल अम्पायर कलको कारण उनी आउट हुन पुगे । त्यसैको कारण वार्नर अम्पायरसँग केहि आक्रोश समेत बनेका थिए । यसै ओभरको अन्तिम बलमा स्टिभ स्मिथ शून्यमा एलबीडब्लू आउट भए ।
मार्नस लाबुसेन ६० बलमा २ चौकासहित ४० रनमा आउट भए । लाबुसेन आउट भएपछि क्रिजमा आएका ग्लेन म्याक्सवेलले आक्रामक इनिङ खेलेका थिए ।
श्रीलंकाका दिलशान मदुशानकाले ९ ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । दुनिथ वेलालागेले एक विकेट लिए ।
त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २ सय ९ रनमा अल आउट भएको थियो । श्रीलंकाका ओपनर कुशल परेराले ८२ बलमा १२ चौकासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै पाथुम निसांका ६७ बलमा ८ चौकासहित ६१ रनमा आउट भए । ओपनर बाहेक अन्य कुनैपनि ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।
निसांका र परेराले २१.४ ओभरमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गर्दै श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर स्पिनर एडम जाम्पा र प्याट कमिन्सले उत्कृष्ट पूनरागमन गराएका थिए ।
कमिन्सको सर्ट बलमा निसांका डेविड वार्नरबाट क्याच आउट भएका थिए । कमिन्सले परेरालाई बोल्ड आउट गरे । स्पिनर एडम जाम्पालाई ठूलो सट खेलेका कुशल मेन्डिसको बल डेविड वार्नरले दौडिएर उत्कृष्ट क्याच लिएका थिए । उच्च लयमा रहेका कुशल १३ बलमा ९ रनमा आउट भए ।
जाम्पाले सदिरा समाराविक्रमालाई ८ रनमा एलबीडब्लू आउट गरेका थिए । मिचेल स्टार्कले धनन्जय डि सिल्भालाई ७ रनमा बोल्ड आउट गरेका थिए । श्रीलंकाले लगातार विकेट गुमायो । कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् ।
कमिन्सले युवा ब्याटर दुनिथ वेलालागेलाई २ रनमा रन आउट गराए । जाम्पाले चामिका करुणारत्नेलाई दुई र महेश थिक्सेनालाई शून्यमा एलबीडब्लू धरापमा पारेपछि श्रीलंकाका १९९–८ को दयनीय अवथामा पुगेको थियो । स्टार्कले लाहिरु कुमारालाई ४ रनमा बोल्ड आउट गरे । चरिथ असलंका ३९ बलमा १ छक्कासहित २५ रनमा आउट भए ।
अष्ट्रेलियाको सानदार जितमा एडम जाम्पाले ८ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ४ विकेट लिए । कप्तान प्याट कमिन्सले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।
ग्लेन म्याक्सवेलले १ विकेट लिए । अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको थियो । अष्ट्रेलियाले अव शुक्रबार पाकिस्तानसँग खेल्नेछ ।
श्रीलंकाको भने यो लगातार तेस्रो हार हो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ र दोस्रो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकाले अव शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
श्रीलंका सेमिफाइनलमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । सुरुवाती तीन खेलमा अपराजित रहँदै भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा छन् ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]