1 year ago
October 16, 2023
एजेन्सी – सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेट सहभागीता हुने भएको छ । द ओलम्पिक गेम्सले २०२८ मा क्रिकेटसहित पाँच खेलको लागि स्वीकृति दिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले क्रिकेटलाई समावेश गराउन प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव अनुमोदन गरेको छ । अव २०२८ को विश्वकपमा महिला र पुरुष दुवैतर्फ क्रिकेटमा पनि प्रतिस्पर्धा हुने भएको छ ।
क्रिकेटसँगै बेसबल तथा सफ्टबल, फ्याग फुटबल, स्क्वास र ल्याक्रोस २०२८ को ओलम्पिकमा सहभागी हुनेछन् । यसअघि १९०० को ओलम्पिकमा टुडे क्रिकेट भएको थियो ।
आइसिसी टि२० विश्वकप २०२८ अष्ट्रेलिया र न्युजिल्यान्डमा हुनेछ । विश्वकप अघि ओलम्पिक हुनेछ । ओलम्पिकमा क्रिकेट आयोजनासँगै नेपालले पदक जित्ने सम्भावना बढ्नेछ । नेपालले अघिल्लो महिना १९ औं एसियाली खेलकुदको क्वाटरफाइनल खेलमा भारतसँग २३ रनको हार व्यहोरेको थियो । ओलम्पिकमा क्रिकेट टि२० शैलीमा हुनेछ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]