default_image

1 year ago

October 15, 2023

दीपेशको अद्भूत बलिङ – ५९ मध्य ५७ बल डट, ६ विकेट

24887 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर दीपेश कँडेलले एसिसी यू-१९ प्रिमियर कपमा बहराइनविरुद्ध अद्भूत बलिङ गर्दै ६ विकेट लिएका छन् । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनलाई ३७.५ ओभरमा ७७ रनमा अल आउट गर्न दीपेशले सानदार प्रदर्शन गरे ।

दीपेश कँडेलले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । उनले ५९ बल गर्दा ५७ बल डटका साथ ६ विकेट लिएका हुन् । नेपालले उनलाई दोस्रो ओभरमै बलिङमा ल्याएको थियो । उनले दोस्रो बल वाइडको रुपमा फँयालेका थिए । त्यो वाइड बाहेक उनले अन्य ६ बल नै डट राखेका थिए । त्यसपछि उनले लगातार ८ ओभर सम्म कुनैपनि रन दिएका थिएनन् ।

उनलाई ब्याटरले तीन रन मात्रै प्रहार गरे । ३८ औं ओभरको दोस्रो बलमा एक र तेस्रो बलमा दुई रन दिएका थिए । त्यसपछि उनले लगातार दुई विकेट लिँदै ६ विकेट पूरा गरेका हुन् ।

उनको घातक बलिङको सहयोगमा बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।

यू१९ क्रिकेटमा यो उनको करिअरको उत्कृष्ट प्रदर्शन हो । गत फागुनमा नेपाललाई आइसिसी यू-१९ विश्वकप २०२४ मा पुर्याउन ह्याट्रिक लिँदै उनले अविश्वसनीय प्रदर्शन गरेका थिए । आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउन दीपेश नायक बनेका थिए ।

४८ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपालको विश्वकपमा स्थान पक्का गराएका थिए । दीपेशको ५ विकेटको सहयोगमा नेपालले ८ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भएको थियो ।

युएईलाई जितको लागि १८ बलमा ११ रन चाहिँदा दीपेशले बलिङ गर्न आएका थिए । युएईको हातमा ३ विकेट थियो । तर दीपेशले अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपाललाई विश्वकपमा पुर्याएका थिए । उक्त खेलमा दीपेशले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ५ विकेट लिएका थिए ।

February 10, 2025

म्याथ्यु बने ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने ब्याटर

एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]

February 10, 2025

विलियम्सनको शतकमा न्युजिल्याण्डको सानदार जित

एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]

February 10, 2025

विवेक अर्जुन ट्रफीका सर्वोत्कृष्ट खेलाडी

धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]

Success

Thank you for your time.