1 year ago
October 15, 2023
एजेन्सी – श्रीलंकाका कप्तान तथा फिनिसर दाशुन शानकाले भारतमा जारी आइसिसी विश्वकप २०२३ का बाँकी सबै खेल गुमाउने भएका छन् । पाकिस्तानसँगको खेलमा खुट्टाको मांशपेशीमा चोट लागेपछि उनलाई ठीक हुन कम्तिमा तीन साता लाग्ने बताइएको छ ।
त्यसैको कारण शानकाले विश्वकपका बाँकी खेल गुमाउने आइसिसीले जनाएको छ । उनी नहुँदा उपकप्तान कुशल मेन्डिसले टोलीको कप्तानी गर्नेछन् । शानकाको स्थान अलराउन्डर चामिका करुणारत्नेले लिनेछन् ।
शानकाले विश्वकप गुमाउने भएपछि श्रीलंकाका थप संकटमा परेको छ । दुई प्रमुख अलराउन्डर वानिन्दु हसरंगा र दुश्मन्था चामिरा बिनाको श्रीलंकाले दक्षिण अफ्रिकाविरुद्ध विश्वकप इतिहासकै सर्वाधिक रन खर्चेको थियो ।
विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका क्विन्टन डि कक, रास्सी भान डर डुसेन र एडेन माक्ररमले शतक हानेका थिए ।
दोस्रो खेलमा कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्कासहित १ सय २२ रन बनाएपछि श्रीलंकाले ३ सय ४४ रन बनाएको थियो । तर मोहम्मद रिजवानले १ सय ३१ र अब्दूल्लाह शफिकले १ सय १३ रन बनाएपछि पाकिस्तानले ४८.२ ओभरमा उक्त लक्ष्य पूरा गरेको थियो ।
श्रीलंका बलिङ प्रदर्शन राम्रो हुन सकेको छैन । शानका नहुँदा थप समस्यामा पर्ने देखिन्छ । तल्लोक्रम ब्याटिङ झनै कमजोर बन्नेछ । शानकाले मध्य गतिमा पार्टटाइम बलिङ गर्दै आएका थिए । श्रीलंकाले सोमबार अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलियापनि सुरुवाती दुबै खेलमा पराजित भएको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]