default_image

11 months ago

October 14, 2023

पाकिस्तानमाथि सानदार जित निकाल्दै भारत शीर्ष स्थानमा

2812 views

0 Bookmark

एजेन्सी – घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ७ विकेटको सानदार जित हात पारेको छ । लगातार तेस्रो जितसँगै भारत ६ अंकका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले ६३ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८६ रनको योगदान दिए ।

ओपनर शुभमन गिल ११ बलमा ४ चौकासहित १६ रनमा आउट भए । उनी शाहिन शाह अफ्रिदीको बलमा प्वाइन्टमा शादब खानबाट क्याच आउट भए । विराट कोहली १८ बलमा ३ चौकासहित १६ रनमा क्याच आउट भए । कोहली हसन अलीको बलमा मोहम्मद नवाजबाट क्याच आउट भएका थिए ।

श्रेयस ऐर ६२ बलमा ३ चौका र २ छक्कासहित ५३ रनमा नटआउट रहे । लोकेश राहुल २९ बलमा २ चौकासहित १९ रनमा नट आउट रहे । पाकिस्तानका शाहिन शाह अफ्रिदीले दुई र हसन अलीले एक विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४२.२ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले ५८ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए । मोहम्मद रिजवान ६९ बलमा ७ चौकासहित ४९ रनमा आउट भए ।

अन्तिम ८ विकेट पाकिस्तानले मात्रै ३६ रनमा गुमाउनु हारको मुख्य कारण बन्यो । तेस्रो विकेटका लागि मोहम्मद रिजवान र बाबर आजमले १ सय ३ बलमा ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएका थिए ।

शिराजको ३० औं ओभरको चौथो बलमा बाबर बोल्ड आउट हुन पुगेका थिए । बाबरको आउट नै खेलको टनिङ प्वाइन्टको मुख्य आधार बन्यो ।

एक समय पाकिस्तान २९.३ ओभरमा १५५–२ को अवस्थामा थियो । बाबर आउट भएपछि नाटकीय रुपमा विकेट गुमाएपछि मध्यम योगफलमै रोकिएको हो । अन्तिम ८ विकेट पाकिस्तानले मात्रै ३६ रनमा गुमाएको थियो ।

पाकिस्तानलाई ओपनर इमाम उल हक र अब्दूल्लाह शफिकले ८ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । श्रीलंकाविरुद्धका धतकधारी शफिक भारतविरुद्ध २४ बलमा ३ चौकासहित २० रनमा आउट भए । उनी मोहम्मद शिराजको बलमा एलबीडब्लू आउट भए ।

हक ३८ बलमा ६ चौकासहित ३६ रनमा आउट भए । उनी हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए । त्यो समय पाकिस्तान १२।३ ओभरमा ७३–२ को अवस्थामा थियो । त्यसपछि मोहम्मद रिजवान र बाबर आजमले पाकिस्तानलाई खेलमा फर्काएका थिए । त्यसपछि भने सम्झन लायक प्रदर्शन हुन सकेन ।

साउद शकिल कुलदीप यादवको ३३ औं ओभरको दोस्रो बलमा ६ रनमा एलबीडब्लू आउट भए । भारतले रिभ्यु लिँदै उनलाई आउट गरेको थियो । यसै ओभरको अन्तिम बलमा इफ्तिखार अहमद ४ रनमा बोल्ड आउट भए ।

अर्को ओभरमा रिजवान ४९ रनमा बोल्ड आउट भएपछि पाकिस्तान संकटमा पुगेको थियो । एक समय २९।३ ओभरमा १५५–२ को अवस्थामा भएको पाकिस्तानले १३ रन जोड्न ४ विकेट गुमाएपछि संकटमा थियो । त्यसपछि पाकिस्तानले लगातार विकेट गुमायो । बुमराहले सादब खानलाई २ रनमा बोल्ड आउट गरे । मोहम्मद नवाज ४ र हसन अली १२ रनमा आउट भए ।

भारतको जितमा कुलदीप यादवले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजा, हार्दिक पान्ड्या, मोहम्मद शिराज र जस्प्रित बुमराहले समान दुई विकेट लिए । भारतले अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।

पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । त्यस्तै श्रीलंकालाई पाकिस्तानले ६ विकेटले हराएको थियो । भारतले अव १९ अक्टोबरमा बंगलादेशसँग खेल्नेछ ।

पाकिस्तानले २० अक्टोबरमा अष्टेलियासँग खेल्नेछ । भारत र न्युजिल्यान्डको समान ६ अंक छ । तर नेटरनरेटको कारण भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा छन् । आइतबार इंग्ल्यान्डले अफगानिस्तानसँग खेल्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.