1 year ago
October 14, 2023
एजेन्सी – भारतले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानविरुद्ध सानदार ब्याटिङ सुरुवात गरेको छ । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको भारतले १० ओभरमा २ विकेट गुमाउँदै ७९ रन बनाएको छ । रोहित शर्मा ३० बलमा ३ चौका र ४ छक्कासहित ४५ रनमा क्रिजमा छन् । उनलाई श्रेयस ऐरले साथ दिनेछन् ।
ओपनर शुभमन गिल ११ बलमा १६ रनमा आउट भए । विराट कोहली १८ बलमा ३ चौकासहित १६ रनमा क्याच आउट भए । कोहली हसन अलीको बलमा मोहम्मद नवाजबाट क्याच आउट भए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४२.२ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो ।
पाकिस्तानका कप्तान बाबर आजमले ५८ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाएका थिए । मोहम्मद रिजवान ६९ बलमा ७ चौकासहित ४९ रनमा आउट भए । अन्तिम ८ विकेट पाकिस्तानले मात्रै ३६ रनमा गुमाएपछि मध्यम योगफलमै रोकिएको हो ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]