1 year ago
October 14, 2023
एजेन्सी – अर्जेन्टिना महिला क्रिकेट टोली टि२० क्रिकेटमा ४ सय रन बनाउने पहिलो टोली बनेकोछ । महिला टि२० आई खेलमा अर्जेन्टिनाले चिलीलाई ३ सय ६४ रनले हराएको छ ।
सेन्ट अल्बान्स क्लब, ब्यूनस आयर्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अजेन्टिनाले २० ओभरमा १ विकेट गुमाउँदै ४ सय २७ रन बनायो । यो महिला टि२० आईमा मात्रै नभएर कुनैपनि टि२० खेलमा बनेको सर्वाधिक धेरै हो ।
टि२० आई पुरुष क्रिकेटमा केहि साताअघि नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । त्यो नै टि२० आईको उच्च योगफल थियो । त्यसै खेलमा नेपाल २ सय ७३ रनले विजयी भएको थियो । त्यो नै सर्वाधिक ठूलो जित थियो । तर उक्त कीर्तिमान तोडिएको छ ।
महिला टि२० आईमा भने यसअघि २०२२ मार्चमा बहराइनले साउदी अरेवियाविरुद्ध ३ सय १८ रन बनाएको थियो । युगान्डाले मालीविरुद्ध ३ सय १४ रन बनाएको थियो ।
अजेन्टिनाकी लुलिसा टेलर ८४ बलमा २७ चौकासहित १ सय ६९ रनमा आउट भइन् । उनी महिला टि२० क्रिकेटमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेकी छिन् । उनले बहराइनकी दीपिकाको १ सय ६१ रनको कीर्तिमान तोडेकी हुन् ।
अर्की ओपनर अल्बर्टिना गालन ८४ बलमा २३ चौकासहित १ सय ४५ रनमा नटआउट रहिन् । पहिलो विकेटका लागि गालन र टेलरले ३ सय ५० रनको तेहोरो शतकीय साझेदारी गरेका थिए । कुनैपनि विकेटका लागि टि२० क्रिकेटमा भएको उच्च साझेदारी समेत हो ।
जितको लागि ४ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको चिली १५ ओभरमा ६३ रनमा अल आउट भयो । चिलीकी जेसिका मिरान्डाले २९ बलमा ४ चौकासहित सर्वाधिक २७ रन बनाइन् । चिलीका ७ खेलाडी शून्यमा आउट भएका थिए । सिरिजको दोस्रो खेल आज र तेस्रो खेल भोली हुनेछन् ।
–चिली हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। सम्पादक
January 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा विजयी भएको छ । शनिवार भएको खेलमा गल्फले एमआई इमिरेट्सलाई २ विकेटले पराजित गरेको हो । गल्फले छैठौं खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन । १ सय ५३ रनको लक्ष्य गल्फले निर्धारित २० ओभरको अन्तिम […]
January 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीको प्लेअफमा पुगेको छ । लिगमा ३ खेल खेल्न बाँकी रहदा डेजर्टले प्लेअफमा स्थान पक्का गरेको हो । डेजर्टले शनिवार भएको खेलमा सारजहा वारियर्सलाई ८ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो। डेजर्टले ७ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका […]
January 26, 2025
एजेन्सी – इङ्ग्ल्याण्डविरुद्धको दोस्रो टि ट्वान्टी आईमा भारत विजयी भएको छ । भारतले शनिवार इङ्ग्ल्याण्डलाई २ विकेटले हो । भारतले ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-० को अग्रता बनाएको छ । पहिलो टि ट्वान्टी आईमा भारत ७ विकेटले विजयी भएको थियो । १ सय ६६ रनको मध्यम लक्ष्य भारतले १९.२ ओभरमा ८ विकेट गुमाएर […]