default_image

11 months ago

October 12, 2023

कप्तान देवको सानदार शतक

13502 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान देव खनालले यू१९ एसिसी प्रिमियर कपमा इरानविरुद्ध सानदार शतक हानेका छन् । देव ५९ बलमा १२ चौका र ४ छक्कासहित १ सय रनमा क्रिजमा छन् ।

देवको यू१९ मा यो दोस्रो शतक हो । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

मलेसियाको वाइएसडी युकेएम ओभल बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको छ । दीपक बोहरा ५३ बलमा ५ चौका र २ छक्कासहित ६३ रनमा क्रिजमा छन् । तस्रो विकेटका लागि देव र दीपकले ९७ बलमा १ सय ६६ रनको साझेदारी गरि सकेका छन् ।

नेपालले दोस्रो बलमै ओपनर तथा भरपर्दा ब्याटर अर्जुन कुमाललाई शून्यमा गुमाएको थियो । दद्रहमान राइसीको दोस्रो बलमै अर्सलान शेखबाट क्याच आउट भएका हुन् । उनले खेलेको पहिलो बलमै आउट भएका थिए । आकाश त्रिपाठी ९ बलमा ३ रन बनाउँदै राइसीको बलमा एलबीडब्लू आउट भए ।

नेपाल एक समय ४.१ ओभरमा १०(२ को अवस्थामा थियो । तर देव खनाल र दीपक बोहराले नेपाललाई खेलमा हाबी बनाएका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.