default_image

1 year ago

October 12, 2023

अर्जुन गोल्डेन डक आउट

7192 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर अर्जुन कुमाल यू१९ एसिसी प्रिमियर कपमा इरानविरुद्ध गोल्डेन डक आउट भएका छन् । मलेसियाको वाइएसडी युकेएम ओभल बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३ ओभरमा १ विकेट गुमाउँदै ६ रन बनाएको छ ।


नेपालका दीपक बोहरा १० बलमा ३ र आकाश त्रिपाठी ६बलमा २ रनमा खेलेका छन् । नेपालले दोस्रो बलमै ओपनर तथा भरपर्दा ब्याटर अर्जुन कुमाललाई शून्यमा गुमाएको छ । दद्रहमान राइसीको दोस्रो बलमै अर्सलान शेखबाट क्याच आउट भएका हुन् । उनले खेलेको पहिलो बलमै आउट भएका थिए ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् ।

भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भएका छन् । एसिया कप यू१९ विश्वकप अघिको तयारी हो । विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ । नेपालले पनि उक्त विश्वकप खेल्नेछ । विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन् ।

नेपालको प्लेइङ ११ – देव खनाल(कप्तान), दिपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे(विकेटकिपर), आकाश चन्द, दीपेश कंडेल, दीपक बोहरा, सुवास भण्डारी, मिलन बोहरा र हेमन्त धामी ।

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

Success

Thank you for your time.