default_image

1 year ago

October 11, 2023

रोहितको कीर्तिमानी शतकमा भारतको सानदार जित

6250 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्माको विश्व कीर्तिमानी शतकमा भारतले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानमाथि ८ विकेटको सानदार जित हात पारेको छ ।

जितको लागि २ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३१ रनको शतकीय इनिङ खेले । उनको यो विश्वकपको सातौं शतक हो । यसअघि २०१५ को विश्वकपमा एक र २०१९ को विश्वकपमा पाँच शतक हानेका थिए ।

योसँगै रोहित विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले पूर्व कप्तान सचिन तेन्दुलकरको ६, श्रीलंकाका पूर्वकप्तान कुमार संगाकारा र रिंकी पोन्टिङको ५-५ शतकको कीर्तिमान तोडेका हुन् ।

पहिलो विकेटका लागि ईशान किशन र रोहित शर्माले १८.४ ओभरमा १ सय ५६ रनको सानदार शतकीय साझेदारी गरेका थिए । ईशान ४७ बलमा ५ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।

भारतका विराट कोहली ५६ बलमा ६ चौकासहित ५५ रनमा नट आउट रहे । श्रेयस ऐर २३ बलमा १ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । अफगानिस्तानका राशिद खानले ८ ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । रोहित राशिद खानको बलमा बोल्ड भएका थिए । ईशान राशिदकै बलमा इब्राहिम जद्रानबाट क्याच आउट भएका थिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७२ रन बनाएको थियो । तर त्यो जितको लागि पर्याप्त थिएन ।

अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । त्यस्तै आजमतुल्लाह ओमरजाईले ६९ बलमा २ चौका र ४ छक्कासहित ६२ रनको योगदान दिए । चौथो विकेटका लागि शाहिदी र ओमरजाईले १ सय २१ रनको महत्वपूर्ण साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

ओपनर रहमाउल्लाह गुरबाज २८ बलमा ३ चौका र १ छक्कासहित २१ रनमा आउट भए । अर्का ओपनर इब्राहिम जद्रान २८ बलमा ४ चौकासहित २२ रनमा आउट भएका थिए । रहमात शाह १६, मोहम्मद नाबी १९, नाजिबउल्लाह जद्रान २, राशिद खान १६, मुजिब उररहमान १० र नविन उल हकले ९ रन बनाएका थिए ।

भारतको जितमा तीव्र गतिका बलर जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । हार्दिक पान्ड्याले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर र कुलदीप यादवले १(१ विकेट लिए ।

भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तानले बंगलादेशसँग ६ विकेटले हारेको थियो । भारतले अव शनिबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानसँग खेल्नेछ । अफगानिस्तानले अव दिल्लीमा आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।

October 18, 2024

दीपेन्द्र प्लेयर अफ द म्याच घोषित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् । ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको […]

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

Success

Thank you for your time.