1 year ago
October 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू१९ प्रिमियर कप बिहीबार देखी मलेसियामा सुरु हुँदैछ । यसअघि एसिसी इस्टर्न र वेस्टर्न रिजनको आधारमा हुने प्रतियोगिता यस वर्ष देखी प्रिमियर कप शैलीमा हुँदैछ ।
प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । शीर्ष तीन टोलीले आगमी डिसेम्बरमा पाकिस्तानमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् ।
भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भएका छन् । एसिया कप यू१९ विश्वकप अघिको तयारी हो । विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ । नेपालले पनि उक्त विश्वकप खेल्नेछ । विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन् ।
यू१९ प्रिमियर कपमा समूह :
समूह ए – नेपाल, बहराइन, साउदी अरेविया र इरान ।
समूह बी – युएई, ओमान, कतार र चीन ।
समूह सी – सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स ।
समूह डी – हङकङ, मलेसिया जापान र इन्डोनएसिया ।
खेल – खेल ५० ओभरको हुनेछ ।
मैदान – मलेसिया तीन मैदानमा खेल हुनेछन् । बायोमास ओभल, वाईएसडी उकेएम ओभल र जेसीसी एकेडेमी ओभलमा हुनेछन् । खेल ५० ओभरको हुनेछ ।
शीर्ष तीन टोली एसिया कप :
हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
लाइभ – लाइभ एसिसीको युटुब च्यानल वा मलेसिया क्रिकेट बोर्डको सामाजिक सञ्जाल मध्य एकबाट हेर्न मिल्नेछ । नेपालले खेल्ने सबै खेल बिहान ७ : १५ मा सुरु हुनेछन् ।
नेपालको खेल तालिका –
असोज २५ गते (अक्टोबर १२ ) – नेपालविरुद्ध इरान, वाईएसडी ओभल
असोज २८ गते (अक्टोबर १५) – नेपालविरुद्ध बहराइन, बायोमास ओभल
कार्तिक २ गते (अक्टोबर १९) – नेपालविरुद्ध साउदी अरेविया, वाईएसडी ओभल
सेमिफाइनल : कार्तिक ५ गते (अक्टोबर २२) ( पहिलो सेमिफाइनल समूह ए र डी को विजेता । दोस्रो सेमिफाइनल समूह बी र सी को विजेता ।
फाइनल – कार्तिक ७ (अक्टोबर २४) सेमिफाइनल विजेता । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने दुई टोली ।
उपाधिका प्रमुख दाबेदार – नेपाल र युएई
सेमिफाइनलका प्रमुख दाबेदार – नेपाल, युएई, हङकङ र कुवेत
नेपालको टोली :
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल(कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।
वैकल्पिक खेलाडी : प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव ।
यो पनि : यू-१९ विश्वकपमा नेपाल, पाकिस्तान र न्युजिल्यान्ड एकै समूहमा
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]