default_image

1 year ago

October 11, 2023

भारतविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने

1664 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा आज घरेलु टोली भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले ३–२ को अवस्थाबाट पूरा गरेको थियो । विराट कोहलीले ८५ र लोकेश राहुलले ९७ रन बनाएका थिए ।

भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । अनुभवी स्पिनर रविन्द्रन आश्विनलाई बेन्चमा राख्दै शार्दुल ठाकुरलाई मौका दिएको छ । ब्याटिङ मजबुत गराउन शार्दुललाई मौका दिएको हो ।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानमा अफगानिस्तानको ब्याटिङ निर्भर छ । यी दुई ब्याटरको प्रदर्शनमा अफगानिस्तानको योगफल निर्भर हुनसक्छ ।

बंगलादेशविरुद्ध ८३–१ को अवस्थाबाट १ सय ५६ रनमा अल आउट भएको थियो । गुरबाजको ब्याटिङ निकै महत्वपूर्ण हुनेछ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.