1 year ago
October 11, 2023
एजेन्सी – आइसिसी विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा चार शतक बनेका छन् । विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पाकिस्तानले पूरा गरेपछि एकै खेलमा चार शतक बनेका हुन् ।
श्रीलंकाले दिएको ३ सय ४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवानले १ सय २१ बलमा ८ चौका र ३ छक्कासहित १ सय ३१ रनमा नट आउट रहे । ओपनर अब्दूल्लाह शफिकले १ सय ३ बलमा १० चौका र ३ छक्कासहित १ सय १३ रनको यादगार शतक हाने ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो । श्रीलंकाका कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्कासहित १ सय २२ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । सदिरा समराविक्रमाले ७९ बलमा ११ चौका र २ छक्कासहित १ सय ८ रन शतकीय इनिङ खेलेका थिए ।
यस अघि विश्वकपका कुनैपनि खेलमा चार शतक बनेका थिएनन् । बढीमा तीन शतकसम्म बन्दै आएका थिए । यसै विश्वकपमा दक्षिण अफ्रिका तीन ब्याटरले शतक प्रहार गरेपछि श्रीलंकाविरुद्ध ४ सय २८ रन बनाएको थियो । उक्त खेलमा दक्षिण अफ्रिका क्विन्टन डि कक १ सय, रास्सी भान डर डुसेन १ सय ८ र एडेन माक्ररम १ सय ६ रनमा आउट भएका थिए । एकै इनिङमा विश्वकपमा पहिलो पटक चार शतक बनेका थिए ।
समग्र ओडिआई इतिहामा यो तेस्रो पटक मात्रै एकै खेलमा चार शतक बनेका हुन् । यसअघि सन् १९९८ मा अष्ट्रेलिया र पाकिस्तानबीच तेस्रो ओडिआई खेलमा चार शतक प्रहार भएको थियो ।
पाकिस्तानबाट इजाद अहमद र मोेहम्मद युसुफले क्रमश १ सय ११ र १ सय रन बनाएपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १५ रन पूरा गरेको थियो । एडम गिलक्रिष्ट १ सय ३ र रिकी पोन्टिङले १ सय २४ रन बनाएपछि अष्ट्रेलियाले उक्त लक्ष्य ४८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो।
२०१३ मा भारत र अष्ट्रेलियाबीच खेलमा पनि चार शतक बनेका थिए । जर्ज बेली १ सय ५६ र शेन वाटसनले १ सय २ रन बनाएपछि अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ५० रन बनाएको थियो । शिखर धवन १ सय र विराट कोहलीले १ सय १५ रन बनाएपछि भारतले ४९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । यी दुबै खेल सिरिज थिए ।
यो विश्वकप इतिहासकै ठूलो लक्ष्य पूरा पनि हो । विश्वकपमा सबैभन्दा ठूलो योगफल २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको लक्ष्य पूरा गरेको थियो । २०११ को विश्वकपमा ३ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले खेल टाई गरेको थियो ।
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विवेक यादवको अर्धशतक तथा कमल गुप्ताको ५ विकेट सहयोगमा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले हराएको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको सिइसीले १२.२ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो । सिइसीका लागि […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेलधुराले लगातार दोस्रो जित हात पारेको छ । सोमवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा डडेधुराले झापाको बोस्टन एकेडेमीलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । डडेलधुराले दिएको […]