default_image

11 months ago

October 10, 2023

रिजवान र शफिकको शतकमा पाकिस्तानको विश्व कीर्तिमानी जित

16793 views

0 Bookmark

एजेन्सी – ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानको शतकमा पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा श्रीलंकामाथि ६ विकेटको कीर्तिमानी जित हात पारेकोछ । विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य सफलता पूर्वक पूरा गर्दै पाकिस्तानले विश्वकपमा सुरुवाती दुबै खेलमा जित हात पारेको हो ।

जितको लागि ३ सय ४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवानले १ सय २१ बलमा ८ चौका र ३ छक्कासहित १ सय ३१ रनमा नट आउट रहे ।

रिजवानको यो ओडिआई करिअरको उच्च प्रदर्शन समेत हो । यसअघि ओडिआईमा रिजवानको उच्च प्रदर्शन २०१९ मा अष्ट्रेलियाविरुद्ध १ सय १५ रन थियो ।

यसअघि विश्वकपमा सबैभन्दा ठूलो योगफल २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको लक्ष्य पूरा गरेको थियो । २०११ को विश्वकपमा ३ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले खेल टाई गरेको थियो ।

ओपनर अब्दूल्लाह शफिकले १ सय ३ बलमा १० चौका र ३ छक्कासहित १ सय १३ रनको यादगार शतक हाने । अनुभवी ओपनर फखार जमानलाई बेन्चमा राख्दै पाकिस्तानले शफिकलाई मौका दिएको थियो । शफिकले त्यसको भरपूर्ण फाइदा उठाएका हुन् । जमानको खराब लयको कारण बाहिर रहनु परेको थियो ।

रिजवानको यो ओडिआई करिअरको तेस्रो र शफिकको पहिलो हो । विश्वकपमा दुबैले पहिलो शतक हानेका हुन् । रिजवान पूर्ण रुपमा फिट भने थिएनन् । उनले खुट्टा र कम्मरको दुखाई निरन्तर महसुस गरेका थिए ।

तर उनी अन्तिम सम्म डटेर लागि परे । विश्वकप इतिहासमा पहिलो पटक चार शतक बनेका हुन् । श्रीलंकाले पहिलो इनिङमा दुई शतक हानेको थियो ।

पाकिस्तानको सुरुवात भने राम्रो हुन सकेन । तीव्र गतिका बलर दीलशान मदुशानकाले ओपनर ईमाम उल हकलाई १२ र बाबर आजमलाई १० रनमै आउट गरेका थिए । तर तेस्रो विकेटका लागि रिजवान र शफिकले १ सय ७६ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । यो साझेदारी नै पाकिस्तानको जितमा निर्णायक बन्यो ।

चौथो विकेटका लागि रिजवान र साउद सकिलले ६८ बलमा ९५ रनको साझेदारी गर्दै कीर्तिमानी जित नजिक पुगेका थिए । साउद सकिल ३० बलमा २ चौकासहित ३१ रनमा आउट भए । इफ्तिखर अहमद १० बलमा ४ चौकासहित २२ रनमा नट आउट रहे । श्रीलंकाका दिलशान मदुशानकाले दुई, महेश थिक्सना र मथिसा पाथिरानाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो । श्रीलंकाका कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्कासहित १ सय २२ रनको विष्फोटक शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।

उनले ६५ बलमा शतक हानेका थिए । उनी श्रीलंकाबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी हुन् । करिअरको उनको यो तेस्रो ओडिआई शतक हो ।

सदिरा समराविक्रमाले ७९ बलमा ११ चौका र २ छक्कासहित १ सय ८ रन शतकीय इनिङ खेले । ओडिआई करिअरको पहिलो शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन् ।
कुशल र सदिराले तेस्रो विकेटका लागि १ सय ११ रनको शतकीय साझेदारी गरेका थिए । तीव्र गतिका बलर हसन अलीको बलमा इमाम उल हकबाट मेन्डिस आउट भएपछि शतकीय साझेदारी टुटेको थियो ।

श्रीलंकाका ओपनर कुशल परेरा डक आउट हुँदा अर्का ओपनर पाथुम निसान्काले ७ चौका र १ छक्का सहित ६१ बलमा ५१ रन प्रहार गरे । दोस्रो विकेटका लागि कुशल र पाथुमले ९५ बलमा १ सय २ रनको शतकीय साझेदारी गरेका थिए । धनञ्जय डी सिल्भाले ३४ बलमा ४ चौका सहित २५ रन बनाए ।

कप्तान दशुन शनाकाले १२ र दुनिथ वेलालागेले १० रन जोडे । चरिथ असलंकाले एक रन मात्र जोडदा महिश थिकसना शुन्यमा आउट भएका थिए । महिश पाथिराना एक रनमा नटआउट गरे ।

पाकिस्तानका हसन अलीले १० ओभरमा ७१ रन खर्चिदै ४ विकेट लिए । हरिस रौफले १० ओभरमा ६४ रन खर्चिएर २ विकेट लिए । शाहिन अफ्रिदी, मोहम्मद नवाज र शदाब खानले समान एक विकट हात पारे । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । पाकिस्तानले अव शनिबार अहमदाबादमा भारतसँग खेल्नेछ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ रनले पराजित भएको थियो । उक्त खेलमा दक्षिण अफ्रिकाले ४ सय २८ रन बनाएको थियो । श्रीलंकाले सोमबार अष्ट्रेलियासँग खेल्नेछ । बुधबार भारत र अफगानिस्तानबीच दिल्लीमा खेल हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.