default_image

1 year ago

October 10, 2023

पाकिस्तान र श्रीलंका भिड्दै

757 views

0 Bookmark

एजेन्सी – आइसीसी विश्वकपमा आज हुने दिनको दोस्रो खेलमा पाकिस्तान र श्रीलंका आमनेसामने हुने छन्।

हैदराबाद स्थित राजिभ गान्धी अन्तराष्ट्रिय स्टेडियममा हुने खेल दिउँसो २:१५ बजे सुरु हुने छ। दुबै टोली यस विश्वकपको आ-आफ्नो दोस्रो खेल खेल्दै छन् ।

पान्किस्तानले आफ्नो पहिलो खेलमा जित हासिल गर्दा श्रीलंका भने पराजित भएको थियो। पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले पराजित गरेको थियो। पाकिस्तानले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २ सय ५ रन मात्र बनाउन सकेको थियो।

पाकिस्तानका लागि त्यस खेलमा मोहम्मद रिजवान र साउद शकीकले समान सर्वाधिक ६८ रन बनाएका थिए भने बलिङ तर्फ हरिस रौफले तीन विकेट लिएका थिए।

यस्तै श्रीलंकाले भने दक्षिण अफ्रिका विरुद्ध विश्वकप इतिहासकै सर्वाधिक रन दिएको थियो। दक्षिण अफ्रिकाले ४ सय २८ रुन बनाउँदा श्रीलंका ३ सय २६ रनमा अलआउट भएको थियो।

श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ७९ रन बनाएका थिए। विश्वकप क्रिकेटमा दिनको पहिलो खेलमा इंग्ल्याण्ड र बंगलादेश खेलिरहेका छन्।

March 11, 2025

आइजीपी कप क्रिकेटमा सुदूर र लुम्बिनी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]

March 11, 2025

पेनोरिस इन्डो-नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]

March 11, 2025

मधेशको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]

Success

Thank you for your time.