default_image

1 year ago

October 9, 2023

नेदरल्यान्ड्सविरुद्ध न्युजिल्यान्डको ठूलो स्कोर

1908 views

0 Bookmark

एजेन्सी – विश्व कप क्रिकेटमा न्युजिल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ठूलो स्कोर बनाएको छ । टस हारेर पहिले ब्याटिङको पाएको मौकालाई पूरा सदुपयोग गर्ने क्रममा न्युजिल्यान्डले ३ खेलाडीको अर्धशतकको मद्दतमा ५० ओभरमाा ७ विकेट गुमाएर ३ सय २२ रन बनाएको छ ।

ओपनर विल योङ, रचिन रविन्द्र र टोम लाथमले अर्धशतक पूरा गरेका थिए । अर्का ओपनर डेभोन कनवेसँग योङले पहिलो विकेटका लागि ६७ रन जोडेका थिए । कनवे ३२ रनमा आउट भएका थिए । योङले भान मेक्रेनको बलमा आउट हुनुअघि ८० बलमा ७ चौका र २ छक्काको मद्दतमा ७० रन बनाएका थिए ।

योङले दोस्रो विकेटका लागि रविन्द्रसँग ७७ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डविरुद्धको खेलमा शतक प्रहार गरेका रविन्द्रले भान डेर मेर्वेको बलमा आउट हुनुअघि ५१ बलमा ५१ रननै बनाएका थिए । उनले ३ चौका र १ छक्का प्रहार गरे । ४८ रन बनाएका डेरी मिचेल भान मिकिरेनको शिकार भए ।

आर्यन दत्तको बलमा आउट भएका लाथमले ४६ बलमा ६ चौका र १ छक्काासहित ५३ रन बनाए । मिचेल सान्टनेर अविजित ३६ र म्याट हेन्री अविजित १० रनमा रहे । नेदरल्यान्ड्का लागि दत्त, मिकिरेन र डेर मेर्वेले समान २ विकेट र बास डे लिडेले १ विकेट लिए । नेदरल्यान्ड्ले पहिलो खेलमा हार बेहोरेको थियो ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.