default_image

11 months ago

October 8, 2023

विश्वकप : कोहली र राहुलको उत्कृष्ट ब्याटिङमा भारतले अष्ट्रेलियालाई हरायो

8445 views

0 Bookmark

एजेन्सी – विराट कोहली र लोकेश राहुलको उत्कृष्ट ब्याटिङमा घरेलु टोली भारतले विश्वकप २०२३ मा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले ४१.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा लोकेश राहुल १ सय १५ बलमा ८ चौका र २ छक्कासहित ९७ रनमा अविजित रहे । विराट कोहलीले १ सय १६ बलमा ६ चौकासहित ८५ रनको योगदान दिए । कोहलीले सुरुवातमै ब्यक्तिगत १२ रनमा जीवनदान पाएका थिए ।

तीव्र गतिका बलर जोश हेजलवुडको बलमा टप एज लागेको बल मिचेल मार्शले छाड्न पुगेका थिए । कोहलीको त्यो क्याच भारतको जितको टनिङ प्वाइन्ट बन्यो । अष्ट्रेलियाको हारको कारण बन्यो ।

एक समय भारत २ ओभरमा ३-२ को दयनीय अवस्थामा पुगेको थियो । प्रमुख तीन ब्याटर शून्यमा आउट भएपनि चौथो विकेटका लागि कोहली र राहुलले १ सय ६५ रनको साझेदारी गर्दै जित पक्का गराएका थिए । त्यो साझेदारी नै जितको आधार बन्यो ।

मिचेल स्टार्कको पहिलो ओभरको पाँचौं बलमा ईशान किशन क्यामरन ग्रीनबाट स्लिपमा क्याच हुँदै गोल्डेन डक पेभेलिएन फर्केका थिए । दोस्रो ओभरको तेस्रो बलमा हेजलवुडले रोहित शर्मालाई शून्यमा एलबीडब्लू आउट गरे ।

अन्तिम बलमा श्रेयस ऐर शून्यमा डेविड वार्नरबाट क्याच आउट भएपछि ३-२ को दयनीय अवस्थामा पुगेको थियो । तर त्यसपछि विकेट लिन नसकेपछि पराजित भएको हो । हार्दिक पान्ड्या ८ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे ।

अष्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुडले ९ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्कले ८ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.३ ओभरमा १ सय ९९ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका शीर्षक्रमका ब्याटर स्टिभ स्मिथले ७१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रनको योगदान दिएका थिए । ओपनर डेविड वार्नरले ५२ बलमा ६ चौकासहित ४१ रन बनाएका थिए । तर जितको लागि यो पर्याप्त थिएन ।

ओपनर मिचेल मार्श तीव्र गतिका बलर जस्प्रित बुमराहको तेस्रो ओभरको दोस्रो बलमा स्लिपमा विराट कोहलीबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि वार्नर र स्मिथले ६९ रनको साझेदारी गरेका थिए ।

वार्नर कुलदीप यादवको बलमा कट एण्ड बोल्ड आउट भए । तरपछि भने लगातार विकेट लिँदै भारत खेलमा हाबी बनेको थियो ।

त्यसपछि भारतीय स्पिनर खेलमा हाबी बनेका थिए । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले ३६ रनको साझेदारी गरेका थिए । जडेजाले २८ औं ओभरको पहिलो बलमा स्मिथलाई बोल्ड आउट गरे । दुई ओभरपछि जडेजा कै बलमा लाबुसेन एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए ।

लाबुसेन आउट भएको दुई बलपछि एलेक्स केरी शून्यमा एलबीडब्लू आउट भए । जडेजाले दुई विकेट एकै ओभरमा लिएपछि भारत खेलमा हाबी भएको थियो । रविचन्द्रन आश्विनको बलमा क्यामरन ग्रीन ८ रनमा आउट भए ।

कप्तान प्याट कमिन्स २४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । मिचेल स्टार्क ३५ बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

भारतको जितमा रविन्द्र जडेजाले १० ओभरमा २ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए ।

हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले समान एक विकेट लिए । भारतले अव बुधबार दिल्लीमा अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलियाले बिहीबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.