default_image

11 months ago

October 8, 2023

विश्वकप : भारतको बलिङ सामु चलेन अष्ट्रेलिया ब्याटिङ

2811 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा आफ्नो पहिलो खेलमा घरेलु टोली भारतलाई २ सय रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.३ ओभरमा १ सय ९९ रनमा अल आउट भयो ।

अष्ट्रेलियाका स्टिभ स्मिथले ७१ बलमा ५ चौकासहित सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै ओपनर डेविड वार्नरले ५२ बलमा ६ चौकासहित ४१ रन बनाए ।

ओपनर मिचेल मार्श तीव्र गतिका बलर जस्प्रित बुमराहको तेस्रो ओभरको दोस्रो बलमा स्लिपमा विराट कोहलीबाट शून्यमा क्याच आउट भए । दोस्रो विकेटका लागि वार्नर र स्मिथले ६९ रनको साझेदारी गरेका थिए । वार्नर कुलदीप यादवको बलमा कट एण्ड बोल्ड आउट भए ।

त्यसपछि भारतीय स्पिनर खेलमा हाबी बनेका थिए । तेस्रो विकेटका लागि स्मिथ र लाबुसेनले ३६ रनको साझेदारी गरेका थिए । जडेजाले २८ औं ओभरको पहिलो बलमा स्मिथलाई बोल्ड आउट गरे । दुई ओभरपछि जडेजा कै बलमा लाबुसेन एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए ।

लाबुसेन आउट भएको दुई बलपछि एलेक्स केरी शून्यमा एलबीडब्लू आउट भए । जडेजाले दुई विकेट एकै ओभरमा लिएपछि भारत खेलमा हाबी भएको थियो । रविचन्द्रन आश्विनको बलमा क्यामरन ग्रीन ८ रनमा आउट भए ।

कप्तान प्याट कमिन्स २४ बलमा १ चौका र १ छक्कासहित १५ रनमा आउट भए । मिचेल स्टार्क ३५ बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले १० ओभरमा २ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्या, मोहम्मद शिराज र रविचन्द्रन आश्विनले समान एक विकेट लिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.