default_image

1 year ago

October 8, 2023

विश्वकप : भारतविरुद्ध अष्ट्रेलियाले टस जित्यो

1947 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा भारतविरुद्ध टस जितेको छ । चेन्नईमा अष्ट्रेलियाका प्याट कमिन्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

भारत आफ्नो लय, घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहन्छ । तर विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलिया भारतलाई स्तब्ध पार्दै सानदार सुरुवात गर्ने सोचमा हुनेछ । यी दुई देशबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।

भारतले खेलमा तीन स्पिनर रविचन्द्रन आश्विन, रविन्द्र जडेजा र कुलदीप यादवलाई मैदान उतारेको छ । उता अष्ट्रेलियाले तीन तीव्र गतिका बलर प्याट कमिन्स, मिचेल स्टार्क र जोश हेडलवुड छन् । अष्ट्रेलियाले क्यामरन ग्रीनलाई निरन्तरता दिँदा मार्कस स्टोइनिस बेन्चमा छन् ।

विश्वकपमा हेड टु हेड :

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ ।

अष्ट्रेलियाको प्लेइङ ११

प्याट कमिन्स (कप्तान), एलेक्स केरी, क्यामरन ग्रीन, मार्नस लाबुसेन, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, डेविड वार्नर र एडम जाम्पा ।

भारतको प्लेइङ ११

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, रविन्द्रन आश्विन र ईशान किशन ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.