default_image

1 year ago

October 8, 2023

विश्वकपको एकै खेलमा पहिलो पटक ७ सय ५४ रन र १ सय ५ बाउन्ड्री

19737 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप २०२३ को चौथो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीचको एकै खेलमा ७ सय ५४ रन बन्नुको साथै कुल १ सय ५ बाउन्ड्री (चौका र छक्का) प्रहार भएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय २८ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाले खेलमा कुल ४५ चौका र १४ छक्का प्रहार गरेको थियो । जितकोे लागि उक्त विजयी लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा ३ सय २६ रन बनाएको थियो । श्रीलंकाले खेलमा २९ चौका र १७ छक्का हानेको थियो । खेलमा कुल ७४ चौका र ३१ छक्का प्रहार भएको थियो । दिल्लीको ब्याटिङ सहयोगी पिच र छोटो बाउन्ड्रीको कारण रनको वर्षा भएको थियो ।

विश्वकप इतिहासमा यो एकै खेलमा बनेको सर्वाधिक धेरै रन हो । यसअघि २०१९ को विश्वकपमा अष्ट्रेलिया र बंगलादेशबीचको खेलमा कुल ७ सय १४ रन बनेको थियो । २०१५ को विश्वकपमा अष्ट्रेलिया र श्रीलंकाबीचको खेलमा कुल ६ सय ८८ रन बनेको थियो । २०१९ को विश्वकपमा पाकिस्तान र इंग्ल्यान्डबीचको खेलमा ६ सय ८२ बनेको थियो ।

त्यस्तै एकै खेलमा बनेको यो सर्वाधिक चौका र छक्का हो । यसअघि २०१५ मा वेस्टइन्डिज र न्युजिल्यान्डबीचको खेलमा कुल ९३ बाउन्ड्री प्रहार भएको थियो । त्यस्तै विश्वकपमा एकै खेलमा सर्वाधिक रन, सर्वाधिक छिटो शतक र पहिलो पटक तीन शतक पनि प्रहार भएका छन् ।

दक्षिण अफ्रिका विश्वकपमा एकै इनिङमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ । विश्वकपमा यसअघि उच्च योगफल २०१५ मा अष्ट्रेलियाले सिड्नीमा अफगानिस्तानविरुद्ध ४ सय १७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि कक, रास्सी भान डर डुसेन र एडेन माक्ररमले शतकीय इनिङ खेले । माक्रमले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रनको कीर्तिमानी इनिङ खेलेका थिए । एडेन माक्ररमले विश्वकप इतिहासकै सर्वाधिक छिटो ४९ बलमा शतक पूरा गरेका थिए ।

उनले २०११ मा आयरल्यान्डका केभिन ओ ब्रायनले इंग्ल्यान्डविरुद्ध ५० बलमा हानेको शतकको कीर्तिमान तोडेका थिए । ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक भने दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमा हानेका थिए ।

विश्वकप इतिहासमा पहिलो पटक एकै खेलमा तीन शतक प्रहार भएका हुन् । ओडिआईमा यसअघि तीन पटक मात्रै एकै खेलमा तीन शतक प्रहार भएका थिए । २०१५ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध, त्यसै वर्ष दक्षिण अफ्रिकाले भारतविरुद्ध तथा गतवर्ष इंग्ल्यान्डले नेदरल्यान्ड्सविरुद्ध एकै खेलमा तीन शतक हानेको थियो ।

अनुभवी ब्याटर रास्सी भान डर डुसेन १ सय १० बलमा १३ चौका र २ छक्कासहित १ सय ८ रनमा आउट भए । ओपनर क्विन्टन डि ककले ८४ बलमा १२ चौका र ३ छक्कासहित १ सय रन बनाउँदै आउट भएका थिए ।

हेनरिक क्लासेन २० बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा आउट भए । डेविड मिलर २१ बलमा ३ चौका र २ छक्कासहित ३९ तथा मार्को यानसन १२ रनमा नटआउट रहे । टेम्बा बभुमा ५ बलमा २ चौकासहित ८ रनमा आउट भए ।

जितको लागि ४ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका ४४.५ ओभरमा ३ सय २६ रनमा अल आउट भएको थियो । श्रीलंकाका मध्यक्रमका ब्याटर चरिथ असलंकाले ६५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ७९ रन बनाएका थिए ।

कुशल मेन्डिसले ४२ बलमा ४ चौका र ८ छक्कासहित ७६ रनको विष्फोटक इनिङ खेलेका थिए । कशुल परेरा १ चौकासहित ७, सदिरा समाराविक्रमा १९ बलमा ३ चौका र १ छक्कासहित २३, धनन्जय डि सिल्भा १ चौकासहित ११ रनमा आउट भए ।

कप्तान शानकाले ६२ बलमा ६ चौका र ३ छक्कासहित ६८ रनमा आउट भए । कसुन रजिथा ३१ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । मथिसा पाथिराना र दिलशान मदुशानकाले पनि समान एक चौका हानेका थिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.