default_image

11 months ago

October 7, 2023

विश्वकपमा बंगलादेशको विजयी सुरुवात

1552 views

0 Bookmark

एजेन्सी – बंगलादेशले आइसिसी विश्वकप २०२३ का अफगानिस्तानलाई ६ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ५७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले ३४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलादेशको जितमा नाज्मुल हसन शान्टोले ८३ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५९ रनमा नट आउट रहे । मेहेदी हसन मिराज ७३ बलमा ५ चौकासहित ५७ रनमा आउट भए ।

कप्तान सकिब अल हसन १४, ओपनर तान्जिद हसनलाई ५ र लिटन दासलाई १३ रनमा गुमाएको थियो । अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, नविन उल हक र फजलहक फारुकीले १–१ विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १ सय ५६ रनमा आउट भयो । अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ६२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४७ रनको योगदान दिए । इब्राहिम जद्रान २२ र रहमात शाह १८ रनमा आउट भए ।

अफगानिस्तानले राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि गुरबाज र जद्रानले ८.२ ओभरमा ४७ रनको साझेदारी गरेका थिए । सकिब अल हसनले रहमात शाहलाई आउट गर्दा अफगानिस्तान १५.१ ओभरमा ८३(२ को बलियो अवस्थामा थियो ।

मध्यक्रमका कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । हश्मातुल्लाह शाहिदी १८, नाजिबुल्लाह जद्रान ५, मोहम्मद नावी ६, आजमतुल्लाह ओमरजाईले २२, राशिद खानले ९ र मुजिब उर रहमानले १ रन बनाए ।

बंगलादेशका मेहेदी हसन मिराजले ९ ओभरमा ३ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

शोरिफुल इस्लामले दुई, तस्किन अहमद र मुश्ताफिजुर रहमानले एक एक विकेट लिए । अफगानिस्तानले अव बुधबार दिल्लीमा भारतसँग खेल्नेछ । बंगलादेशले मंगलबार धर्मशालामा इंग्ल्यान्डसँग खेल्नेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.