1 year ago
October 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित तीन स्टार खेलाडी एफवान सफ्ट ग्रुपसँग ब्रान्ड एम्बास्डरको रुपमा आवद्ध भएका छन् ।
एफवान सफ्ट ग्रुप को सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरले क्रमशः ओपनर कुशल भुर्तेल, कप्तान रोहित कुमार पौडेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरीसँग सम्झौता गरेको हो ।
एफवान सफ्ट ग्रुप का निर्देशक श्री सुवास शर्मा, ईसेवा का चिफ बिजनेस अफिसर श्री आशिष गौतम, ईसेवा मनि ट्रान्सफरका बिजनेस अपरेशन म्यानेजर श्री सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर श्री सुमित दासको उपस्थितिमा खेलाडीसँग सम्झौता भएको थियो ।
‘हामी हाम्रा राष्ट्रिय नायकहरूसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौं। यस साझेदारीको प्राथमिक उदेश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडिहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो। यस्का साथै खेलाडीहरूलाई हाम्रो प्रयासको केन्द्रबिन्दुमा राखेर, नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ’, एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले सम्झौता कार्यक्रममा भने ।
दीपेन्द्रले अघिल्लो साता मात्रै १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक प्रहार गर्दै दुर्लभ विश्व कीर्तिमान बनाएका थिए । उनी विश्वमै सबैभन्दा कम बलमा अर्धशतक प्रहार गर्ने खेलाडी हुन् ।
दीपेन्द्रले २०१७ देखी नेपाली क्रिकेट टोलीमा पहिलो रोजाईमा खेल्दै आएका छन् । त्यस्तै रोहितले २०१८ र कुशल भुर्तेलले २०२१ देखी नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका छन् । रोहित गतवर्ष नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त भएका थिए । कुशल, रोहित र दीपेन्द्र नेपालका प्रमुख खेलाडी हुन् । तीनै ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मधेश प्रदेशले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कोशी प्रदेशलाई मंगलवार १ सय ६५ रनको फराकिलो अन्तरमा हराउँदै मधेश जितबाट पिएम कपको यात्रा सुरु गरेको छ। कोशीको यो लगातार दोस्रो हार हो। बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। जितको लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको कोशी […]