default_image

11 months ago

October 6, 2023

नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको विश्वकपमा विजयी सुरुवात

3994 views

0 Bookmark

एजेन्सी – उपाधिको दाबेदार पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा नेदरल्यान्ड्सलाई ८१ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २ सय ५ रनमा अल आउट भयो ।

नेदरल्यान्ड्सका बास डि लिडले ६८ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६७ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । अर्का ओपनर विक्रमजित सिंहले ६७ बलमा ४ चौका र १ छक्कासहित ५२ रन बनाए । लोगन भान बिक २८ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा नट आउट रहे । अन्य कुनैपनि डच खेलाडीले राम्रो गर्न सकेनन् ।

नेदरल्यान्ड्सले सुरुवात भने राम्रो गरेको थियो । ओपनर म्याक्स ओडाउड र विक्रमजित सिंहले ५.५ ओभरमा २८ रनको साझेदारी गरेका थिए । हसन अलीको सर्ट बलमा ओडआउड ५ रनमा क्याच आउट भए । कोलिन एकरम्यान २१ बलमा ३ चौकासहित १७ रनमा आउट भए ।

उनी स्पिनर इफ्तिखर अहमदको बलमा स्वीप खेल्ने धुनमा उनी बोल्ड भएका थिए । तेस्रो विकेटका लागि बास डि लिड र सिंहले ७० रनको साझेदारी गर्दै पाकिस्तानलाई दबाबमा राखेका थिए । स्पिनर शादब खानको बलमा सिंह मिडविकेटमा फखार जमानबाट क्याच आउट भएपछि पाकिस्तान खेलमा फर्किएको थियो ।

हरिस रौफको २७ औं ओभरको दोस्रो बलमा तेजा निडामानिरु ५ रनमा क्याच आउट भए । दुई बलपछि नेदरल्यान्ड्सका मध्यक्रमका प्रमुख ब्याटर स्कट एडवार्डस शून्यमा एलबीडब्लू आउट भएपछि जित कठिन बनेको थियो । उक्त ओभर पाकिस्तानको जितमा टर्निङ प्वाइन्ट बन्यो ।

तर अर्को एन्डबाट बास डि लिडले सानदार प्रदर्शन गर्दै निरन्तर जितको आशा दिलाएका थिए । लिड स्पिनर मोहम्मद नवाजको ३४ औं ओभरको दोस्रो बलमा बोल्ड आउट भएपछि जितको सम्भावना कठिन बनेको थियो । सकिब जुलफिकर १०, रोलेफ भान मर्वे ४, हसन अली १ र पाउल भान मर्केन ७ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । हसन अलीले ७ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदी, इफ्तिखर अहमद, मोहम्मद नवाज र शादब खानले समान एक विकेट लिए ।

त्यसअघि हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४९ ओभरमा २ सय ८६ रनमा अल आउट भएको थियो । पाकिस्तानको जितमा विकेटकिपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए । रिजवानले ७५ बलमा ८ चौका तथा सकिलले ५२ बलमा ९ चौका र १ छक्का हाने ।

खराब सुरुवात गरेको पाकिस्तानलाई चौथो विकेटका लागि रिजवान र सकिलले १ सय १४ बलमा १ सय २० रनको महत्वपूर्ण साझेदारी गर्दै बलरलाई जितको आधार बनाइदिएका थिए । बास डि लिडको बलमा रिजवान बोल्ड आउट भएका थिए । तर लिडले मध्यक्रम र तल्लोक्रम धरासपी पारेका थिए ।

तीव्र गतिका बलर लोगन भान बिकको चौथो ओभरको चौथो बलमा ओपनर फखार जमान १२ रनमा कट एण्ड बोल्ड आउट भए । कप्तान बाबर आजम पार्टटाइम स्पिनर कोलिन एकरम्यानको बलमा मिडअनमा ५ रनमा सकिब जुलफिकरबाट क्याच आउट भए ।

तीव्र गतिका बलर पाउल भान मार्केनको सर्ट बलमा इमाम उल हक १५ रनमा अर्यान दत्तबाट क्याच आउट भएपछि पाकिस्तान ३८–३ को अवस्थामा पुगेको थियो । रिजवान र सकिलले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

त्यसपछि पाकिस्तानले पुन लगातार विकेट गुमाएको थियो । लिडले रिजवान र इफ्तिखर अहमदलाई ३२ औं ओभरमा आउट गर्दै खेल नेदरल्यान्ड्सको पक्षमा खेल मोडेका थिए । इफ्तिखर एज लागेर ९ रनमा आउट भएका थिए ।

शादब खान ३४ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । मोहम्मद नवाज ४४ बलमा ४ चौकासहित ३९ रनमा रन आउट भएका थिए । नवाज र शादबले सातौं विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई खेलमा राखि राखेका थिए ।

हरिस रौफ १४ बलमा २ चौका र १ छक्कासहित १६ रनमा आउट भए । शाहिन शाह अफ्रिदी १२ बलमा २ चौकासहित १३ रनमा नट आउट रहे ।नेदरल्यान्ड्सका बास डि लिडले ९ ओभरमा ६२ रन खर्चेर ४ विकेट लिएपनि जिताउन सकेनन् । कोलिन एकरम्यानले ८ ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए ।

अर्यान दत्त, लोगन भान बिक र पाउल भान मार्केनको नाममा समान एक एक विकेट रह्यो । अव पाकिस्तानले मंगलबार श्रीलंकासँग खेल्नेछ । नेदरल्यान्ड्स सोमबार न्युजिल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्डले पहिलोे खेलमा इंग्ल्यान्डलाई ९ विकेटले हराएको थियो ।

विश्वकपमा शनिबार दुई खेल हुनेछन् । बिहान बंगलादेश र अफगानिस्तानबीच धर्मशालमा खेल हुनेछ । उक्त खेल बिहान १०: ४५ मा हुनेछ । दिउँसो २ : ४५ मा दिल्लीमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.