default_image

1 year ago

October 6, 2023

जैसवाललाई गरेको सरप्राइज बल बारे यस्तो भन्छन् करण

24084 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले १९ औं एसियाली खेलकुद (एसियाड) मा भारतविरुद्ध ओपनर यशवस्वी जैसवाललाई सरप्राइज बल गरेका थिए । झेजिङमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतलाई ओपनर जैसवालले आक्रामक सुरुवात दिलाएका थिए ।

आठौं ओभरमा करण केसीलाई दोस्रो र तेस्रो बलमा जैसवालले लगातार दुई चौका प्रहार गरेका थिए । तर पाँचौं बल करणले सबैलाई सरप्राइज दिँदै गरे । करणले रनअप लिँदै अम्पायर बसेको स्थानबाट नै बल जैसवाललाई गरेका थिए ।

लेन्थको उक्त बल जैसवालले पनि बुझ्न नसकेपछि डट खेल्न पुगेका थिए । क्रिकेटमा अम्पायर क्षेत्रबाटै बल फ्याँलेको कमै देख्न पाइन्छ । करणले उक्त बलको लागि आफूले अभ्यासमा तयारी पनि गरेको बताएका छन् ।

‘त्यो बल चाहिँ अभ्यास गरि राखेको थिए । टि२० अभ्यास खेलमा मोन्टी सरले पनि यो बल एकदमै राम्रो हुन्छ भन्नु भएको थियो । उक्त बल गर्न मोन्टी सरले अभ्यास गर्न पनि भन्नु भएको थियो । यो देखाउने भारत उत्कृष्ट विकल्प हो जस्तो सोचे । अलीकती कन्फुजन (अलमल) हुन्छ की भनेर सोचेको थिए । पछाडिबाट बल फाल्नी मैले अभ्यास गरि राखेको थिए । धेरै अन्तर्राष्ट्रिय खेलाडी पनि गर्दछन्’, करणले उक्त बल बारे भने ।

जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

क्रिकेटमा मेडल जित्ने प्रतियोगिता कमै हुन्छन् । एसियाड एकदमै राम्रो भएको करण बताउँछन् । ‘मुख्य त चाइनीजसँग कुरा गर्दा गाह्रो भयो । एक त हाम्रो अंग्रेजी ५०/५० । त्यसमा चाइनिजको अंग्रेजी जिरो थियो । उनीहरुलाई बुझाउनी कसरी । आफू बुझ्ने कसरी । केहि खाना खान जादा नुन माग्दा चिनी ल्याइदिएर आउनी । त्यो चाहिँ गाह्रो भएको थियो । त्यो रमाइलो पनि भयो । भाषा नबुझेपनि उनीहरुले सहयोग गरे’, करणले भने ।

करणले भारतलाई हराए स्वर्ण पक्का हुने सोचेको समेत बताउँछन् । ‘रोहितले भारतको चिट निकाल्यो । ला भारत पर्यो । भारतलाई हरायो भने स्वर्ण पक्का आउछ हाम्रो भन्ने थियो । भारत नपरेको भए हामी फाइनल खेल्थौं । भारतलाई जसरी पनि जित्यो भने हाम्रो स्वर्ण पक्का हो भन्ने सोच थियो’, उनले भने ।

यो पनि : ‘ब्याट नभएको होईन, भाँचिएको मलाई नै थाहा थिएन’ – करण

सानदार ब्याटिङका बाबजुद नेपाल भारतसँग पराजित

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.