default_image

11 months ago

October 5, 2023

विश्वकपको डेब्यू खेलमै रविन्द्र बने प्लेयर अफ द म्याच

5398 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्र विश्वकप डेब्यू खेलमै प्लेयर अफ द म्याच चुनिएका छन् । आइसिसी विश्वकप २०२३ को पहिलो खेलमा साविक विजेता इंल्यान्डलाई ९ विकेटले हराउन सानदार शतक हानेका रविन्द्र प्लेयर अफ द म्याच चुनिएका हुन् ।

जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ३६.२ ओभरमा पूरा गरेको थियो । दोस्रो ओभरको पहिलो बलमा ओपनर विल योंग साम करनको बलमा क्याच आउट भएपछि रविन्द्र मैदान छिरेका थिए ।

उनी खेल सकाएर मैदान फर्किका छन् । रविन्द्रले ९६ बलमा ११ चौका र ५ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेले । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । उनले दोस्रो विकेटका लागि ओपनर डेभन कन्वेसँग २ सय ७३ रनको अविजित दोहोरो शतकीय साझेदारी गरेका थिए ।

कन्वे १ सय २१ बलमा १९ चौका र ३ छक्कासहित १ सय ५२ रनमा अविजित रहे । केन विलियम्सन, लोकी फर्गुसन र टिम साउथी बिनानै खेलेको न्युजिल्यान्डले सानदार प्रदर्शन गर्यो ।

रचिन रविन्द्रले बलिङमा १० ओभरमा ७६ रन खर्चेर १ विकेट लिएका थिए । उनले १६ बलमा ४ चौका र १ छक्कासहित २५ रन बनाएका ह्यारी ब्रुकलाई कन्वेबाट क्याच आउट गराएका थिए ।

२३ वर्षीय रविन्द्रले सिनियर टोलीबाट पहिलो पटक विश्वकप खेल खेलेका हुन् । उनले ओडिआईमा गत मार्चमा श्रीलंकाविरुद्ध डेब्यू गरेका थिए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.