default_image

1 year ago

October 5, 2023

कन्वे र रविन्द्रको शतकमा इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सानदार जित

2943 views

0 Bookmark

एजेन्सी – ओपनर डेभन कन्वे र तेस्रो नम्बरका ब्याटर रचिन रविन्द्रको उत्कृष्ट शतकमा न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ को उद्धघाटन खेलमा साविक विजेता इंग्ल्यान्डमाथि ९ विकेटको सानदार जित हात पारेको छ । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य न्युजिल्यान्डले ३६.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डको जितमा डेभन कन्वे १ सय २१ बलमा १९ चौका र ३ छक्कासहित १ सय ५२ रनमा अविजित रहे । कन्वेको यो ओडिआई करिअरको पाँचौं र उत्कृष्ट प्रदर्शन हो ।

अर्का युवा अलराउन्डर रचिन रविन्द्र ९६ बलमा ११ चौका र ५ छक्कासहित १ सय २३ रनमा नट आउट भए । रविन्द्रको यो पहिलो शतक हो ।

ओपनर विल योंग साम करनको बलमा शून्यमै जस बटलरबाट क्याच आउट भएका थिए । त्यो समय न्युजिल्यान्डले १० रन जोडेको थियो ।

त्यसपछि कन्वे र रविन्द्रले २ सय ७३ रनको दोहोरो शतकीय अविजित साझेदारीका साथ सहज जित पक्का गराए । साम करनले ६ ओभरमा २ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८२ रन बनाएको थियो । उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन । इंग्ल्यान्डका शीर्षक्रमका ब्याटर जो रुटले ८६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिएका थिए ।

रुट स्पिनर ग्लेन फिलिप्सको बलमा बोल्ड आउट भए । कप्तान जस बटलर ४२ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए । रुट बाहेक अन्य कुनैपनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । राम्रो सुरुवात गरेपनि ठूलो सर्टको चक्करमा विकेट लगातार गुमाएका थिए ।

ओपनर जोनी बेयरस्टो ३५ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाउँदै आउट भएका थिए । अर्का ओपनर डेविड मलान १४, ह्यारी क्रुक २५, मोईन अली ११, लियाम लिभिङस्टोन २०, साम करन १४ र क्रिस वोक्स ११ रनमा आउट भए । आदिल राशिद १५ र मार्क वुड १३ रनमा नटआउट रहे ।

न्युजिल्यान्डको जितमा तीव्र गतिका बलर म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । स्पिनर मिचेल सान्टनारले १० ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडनसहित ४८ रन खर्चेर १ विकेट लिए । ग्लेन फिलिप्सले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए ।

इंग्ल्यान्डले अव मंगलबार बंगलादेशसँग धर्मशालामा खेल्नेछ । न्युजिल्यान्डले दोस्रो खेल सोमबार नेदरल्यान्ड्ससँग हैदराबादमा खेल्नेछ । शुक्रबार नेदरल्यान्ड्स र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.