default_image

11 months ago

October 5, 2023

टि२० विश्वकप छनोट खेल्न कुवेत नेपाल आउने

8792 views

0 Bookmark

एजेन्सी – अर्को महिना नेपालमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न कुवेत आउने पक्का भएको छ । आइसिसी टि२० विश्वकप सब रिजनल एसिया क्वालिफायर ए बाट कुवेत शीर्षस्थानमा रहँदै नेपाल आउने भएको हो । एसिया क्वालिफायर बी बाट मलेसिया विजयी हुँदै यसअघि नै स्थान पक्का गराएको थियो ।

कतारमा बिहीबार सम्पन्न निर्णायक खेलमा कुवेतले साउदी अरेवियालाई ४ विकेटले हराउँदै नेपालको टिकट काटेको हो । समान ६ खेलमा १०-१० अंक भएपनि नेटरनरेटको कारण कुवेत शीर्षस्थानमा रहँदै नेपालमा एसिया क्षेत्र छनोट खेल्न पाउने भएको हो । कुवेत ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा रह्यो ।

कुवेतको नेटरनरेट २.२०२ रह्यो । साउदी अरेविया ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा रह्यो । साउदीको नेटरनेट १.४४७ रह्यो ।

कुवेतले कतारलाई ७ र ५ विकेटले हराएको थियो । त्यस्तै माल्दिभ्सलाई ७ विकेट र ८ विकेटले हराएको थियो । साउदीसँग पहिलो खेल ३ विकेटले हारेको थियो । दोस्रो खेलमा ४ विकेटले हराउँदै एसिया क्षेत्र छनोट भएको हो ।

साउदी अरेविया सुरुवाती पाँच खेलमा भने लगातार विजयी भएको थियो । तर अन्तिम खेलमा हारका साथ बाहिरिनु परेको हो । साउदीले कतारलाई ४ विकेट र ७ विकेटले हराएको थियो । माल्दिभ्सलाई ९ विकेट र ६२ रनले हराएको थियो ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतको जितमा मित भावसारले २७ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ५५ रनको योगदान दिए ।

त्यसअघि ओपनर अब्दुल वाहिदको ५८ बलमा १० चौका र १ छक्कासहित ८३ रन बनाएपछि साउदीले निर्धाारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.