default_image

11 months ago

October 5, 2023

आईएमई पेलाई क्यानको टिकेटिङ्ग अधिकार

562 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले टिकेटिङ्ग अधिकार आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) लाई बेचेको छ । काठमाडौंमा एक कार्यक्रमका बीच क्यानले आगमी दुई वर्षको लागि आइएमई पे लाई उक्त अधिकार बेचेको छ ।

आइएमई पेले उक्त अधिकार दुई वर्षको लागि डेढ करोड रुपैयाँमा किनेको हो । क्यानले वार्षिक ७५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।क्यानका सचिव पारस खड्का र आईएमईका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सम्झौता पत्रका हस्ताक्षर गर्दै एकअर्कामा आदन प्रदान गरेका थिए ।

सम्झौता अनुरूप आई एम ईले दुई वर्षको समय अवधिका लागि क्यानले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलहरुको टिकेटिङ्ग पार्टनरका रुपमा काम गर्नेछ । नेपालमा हरेक वर्षमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने लक्ष्य भएको क्यानका सचिव पारस खड्काले बताएका छन् ।

क्यानले टिकट मूल्यबाट बिक्री हुने कुल पैसाको ८७.५ प्रतिशत रकम पाउनेछ । आइएमई पे ले १२.५ प्रतिशत टिकटको मूल्य आफूसँग राख्नेछ ।

‘हामी एउटा महा अभियानमा छौं । जसको मुख्य लक्ष्य नेपालमा हुने सबै कारोबार डिजिटल गर्ने हो । यसले सबै बृत्य अपराधहरु अन्त्य गर्नेछ । क्रिकेटले सबै नेपालीलाई एकता बनाएर राखेको छ । हामी सोमपाल कामी र करण केसीलाई ब्रान्ड एम्बास्डरमा नियुक्त पनि गरेका छौं’, आइएमई पे का प्रमुख प्रविण रेग्मीले सम्झौता पत्रमा भने ।

पारस खड्काले अव क्यान आइएमी ग्रुपसँग पनि जोडिने बाटो खुलेको बताएका छन् । ‘आइएमई पे लाई हृदय देखि धन्यवाद । अव क्यानलाई आइएमई ग्रुपसँग पनि जोडिने बाटो खुलेको छ । यो सम्झौता हामिले गरेका छौं । किकेटिङ्ग साझेदारको लागि हामीले अरु कम्पनीसँग पनि कुरा गरेका थियौं । तर अरुले भन्दा आइएमई पे ले राम्रो पैसा दिनु भएको छ’, पारसले सम्झौता कार्यक्रममा भने ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.