default_image

9 months ago

October 5, 2023

सोमपाल र करण आइएमई पे को ब्रान्ड एम्बास्डर

1323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी र सोमपाल कामी आइएमई पे को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । आएमई पे ले नेपाली दुई स्टार बलर सोमपाल र करणलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डर बनाएको हो ।

सम्झौता अनुसार करण र सोमपालले समान पाँच लाख रुपैयाँ पाउनेछन् । आइएमई पे का कार्यकारी अधिकृत प्रविण रेग्मी र दुई खेलाडीले बिहीबार सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै एकअर्कामा आदान प्रदान गरेका छन् ।

करण र सोमपाल झण्डै एक दशकदेखी नियमित नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका छन् । दुबै नेपाली टोलीका प्रमुख बलर हुन् । तल्लोक्रममा ब्याटिङमा पनि राम्रो योगदान दिँदै आएका छन् ।

क्यानले आफ्नो टिकेटिङ पाट्नरको अधिकार आगमी दुई वर्षको लागि आइएमई पे लाई बेचेको छ । उक्त अधिकार प्राप्त गरे अनुसार आइएमई पे ले क्यानलाई हरेक वर्ष ७५ लाख रुपैयाँ दिनेछ । दुई वर्षमा नेपालले आयोजना गर्ने सबै टिकटको १२.५ प्रतिशत रकम बाहेक अन्य सबै क्यानले पाउनेछ ।

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.