1 year ago
October 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले १९ औं एसियाली खेलकुद(एसियाड) मा भारतविरुद्ध खेल्दा ब्याट भाँचिएको आफूलाई नै थाहा नभएको बताएका छन् । नेपाल भारतसँग क्वाटरफाइनलमा २३ रनले पराजित हुँदै बाहिरियो ।
सामाजिक सञ्जालमा करण केसीको ब्याटको ह्यान्डिल बाहिर निस्केको तस्बिर सार्वजनिक भएको थियो । धेरैले करणसँग ब्याट नै नभएको झुटो प्रचार गरेका थिए । करणले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् ।
‘त्यो एक लाखको ब्याट नै हो । त्यो महँगो ब्याट हो । राम्रो खेलेको ब्याट पनि । अन्तिम ओभर थियो । पाँच छक्का चाहिँएको थियो । दुई बल सुरुमा डटपछि म निराश भई सकेको थिए । खेल्दै गर्दा एउटा योर्करमा त्यो ब्याट गई सकेको थियो । मैले त्यति बेला ध्यान दिएन । के हेर्नी ब्याट मतलब नै भएन’, करणले भने ।
त्यसैमा करणले थपे, ‘अन्तिममा ड्रेसिङ रुममा गएर हेर्दा त ह्यान्डिलको तल्लो भाग बाहिर निस्केको रहेछ । मैले कुशललाई यो ब्याट त भाँचिएको रहेछ भनेर भने । उसले पनि अन्तिम बलमा कसरी छक्का हान्नु भयो भनेर भन्यो ।’
करणले आफूलाई नै उक्त ब्याट भाँचिएको थाहा नभएको बताएका छन् । ‘त्यो खेलको समयमा मैले भाँचिएको चेक पनि गरिन । त्यति बेला दिमाग ब्याटमा गएन । खेललाई जति सक्यो कम रनले हार्यौ भन्ने सोच आएको थियो । सोसल मिडियामा हालेको देखेपछि थाहा पाएँ । तीन बल अगाडिनै भाँचिएको रहेछ । थाहा भएको भए त परिवर्तन गर्थे । ब्याट भाँचिएको मलाई नै त्यति बेला थाहा भएन । ड्रेसिङ रुममा गएर ब्याट हेरेपछि थाहा भयो’, उनले भने ।
ब्याट नभएको भन्ने झुट भएको बताएका छन् । करणको ब्यागमा अरु दुई ब्याट समेत रहेको उनले बताए । ‘यो मेरो बेस्ट ब्याट हो । नत्र आफ्नो नभएपनि अरुको माग्थे । ह्यान्डिल पहिला पनि गएको हुँदा बनाएर नै खेलेको हो । मेरो बेस्ट ब्याट हुँदा फेरी बनाएर खेल्नुपर्छ । ब्याट टाइट नै छ । त्यति बेला अनुभव नै भएन । ड्रेसिङ रुममा गएर ब्याट हेरे । तीन बल अगाडिनै भाँचिएको रहेछ । थाहा भएको भए एक दुई छक्का अरु लाग्थ्यो । छक्का मै पैसा दिई राखेको थियो । एक दुई वटा छक्का अरु पनि लाग्थ्यो कि’, करणले हाँस्दै भने ।
नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आझ नै सोमपाल कामी र करण केसीलाई आइएमी पे ले एक वर्षको लागि ब्रान्डएम्बास्डरमा नियुक्त गरेको छ । सोमपाल र करणले वार्षिक समान पाँच लाख पाउनेछन् ।
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोलीले आज(बिहीवार) श्रीलंकाको सामना गदैछ । मलेसियाको किन्नारा ओभल क्रिकेट मैदानमा नेपालले श्रीलंका यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनल प्रवेशका लागि कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]