default_image

11 months ago

October 5, 2023

विश्व कीर्तिमानी प्रदर्शनसँगै पुलिसमा दीपेन्द्रको बढुवा

9109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कीर्तिमानी प्रदर्शन गरेसँगै नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई नेपाल प्रहरीले बढुवा गरेको छ । नेपाल प्रहरी महानिरिक्षक बसन्त कुँवरले केन्द्रिय कार्यलय नक्सालमा बिहीकार एक कार्यक्रमकाबीच दीपेन्द्रलाई जवान पदबाट सहायक हवल्दार पदमा बढुवा गराएका छन् ।

नेपालको नाम विश्वमै उच्च पारेको कारण नेपाल प्रहरीले उनलाई विशेष बढुवा गरेको जनाएको छ । अघिल्लो साता चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक बनाउँदै दुर्लभ विश्व कीर्तिमान बनाएपछि दीपेन्द्र बढुवा भएका हुन् ।

दीपेन्द्र क्रिकेट इतिहासमा सबैभन्दा छिटो बलमा अर्धशतक बनाउने ब्याटर हुन् । उनले भारतीय पूर्व ब्याटर युवराज सिंहको १२ बलको अर्धशतकको कीर्तिमान तोडेका हुन् । त्यस्तै दीपेन्द्र ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि बनेका थिए । दीपेन्द्रले ९ बलमा ८ छक्कासहित अर्धशतक पूरा गरेका थिए ।

दीपेन्द्रको उक्त कीर्तिमान अव तोडिने पनि छैन । अर्धशतक बनाउन कम्तिमा ९ बल खेलेको हुनुपर्छ । अव उक्त कीर्तिमान बराबरी मात्रै हुनसक्छ । क्रिकेट इतिहासकै अविश्वसनीय विश्व कीर्तिमान उनले बनाएका हुन् ।

दीपेन्द्र २०१६ मा नेपाल प्रहरीमा भर्ना भएका थिए । बंगलादेशमा यू१९ विश्वकपमा सानदार प्रदर्शन गरेसँगै पुलिसले दीपेन्द्र, कुशल भुर्तेल, सुनिल धमला, योगेन्द्र सिंह कार्की, प्रेम तामाङ लगायतका केहि युवा खेलाडीलाई टोलीमा समेटेको थियो । गतवर्ष देखी दीपेन्द्रले पुलिसको कप्तानी गर्दै आएका छन् । मञ्जित श्रेष्ठले सन्न्यास लिएपछि दीपेन्द्रले कप्तानी सम्हाल्लेका हुन् ।

पहिलो कप्तानीमै गतवर्ष भदौंमा नवौं राष्ट्रिय खेलकुदमा दीपेन्द्र पुलिसलाई स्वर्ण पदक जिताएका थिए । दीपेन्द्रले पुलिस र नेपाली टोली दुबैबाट सानदार प्रदर्शन गर्दै आएका छन् ।

२०१९ देखी २०२१ सम्म दीपेन्द्र नेपाल क्रिकेट टोलीका उपकप्तान समेत थिए । दीपेन्द्र नेपालका थ्री डि क्रिकेटर हुन् । उनले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् । नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रले ५२ ओडिआई र ४७ टि२० आई खेल खेलेका छन् ।

दीपेन्द्रले २०१७ मा केन्याविरुद्ध टियु क्रिकेट मैदानमा नेपालका लागि डेब्यू गरेका थिए । त्यसपछि दीपेन्द्र नेपाली टोलीबाट सधैं पहिलो रोजाईमा खेल्दै आएका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.