default_image

11 months ago

October 4, 2023

विश्वकप २०२३ मा सर्वाधिक रन बनाउन सक्ने पाँच ब्याटर

4684 views

0 Bookmark

एजेन्सी – १३ औं संस्करणको विश्वकप क्रिकेट बिहीबार देखी भारतमा सुरु हुँदैछ । १० सहभागी प्रतियोगिता सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । विश्वकप कुनैपनि खेलाडीले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता हो । हरेक खेलाडीको सपना आफ्नो देशबाट विश्वकप खेल्ने हुन्छ ।

प्रमुख देशका खेलाडीको मुख्य उदेश्य आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि हुनेछ । कुनैपनि खेलाडीको प्रदर्शन खेल मैदान र कन्डिसनले पनि फरक पार्छ । भारतमा रन बनाउन ब्याटरले स्पिन राम्रो खेल्नुपर्ने हुन्छ । स्पिन राम्रो खेल्न नसक्ने ब्याटरलाई भारतमा रन बनाउन सहज हुँदैन ।

महान् खेलाडीहरु कन्डिसन अनुसार रन बनाउने गर्दछन् । सर्वाधिक रन बनाउन शीर्षक्रम र वा शीर्ष पाँचमा ब्याटिङ गर्ने हुनुपर्छ । तल्लोक्रममा ब्याटिङ गरेर विशाल इनिङ खेल्ने सम्भावना कम देखिन्छ । विश्वकप खेल्ने २०२३ का सबै टोलीमा भएका खेलाडी र उनीहरुको लय हेर्दा सर्वाधिक रन बनाउन सक्ने पाँच दाबेदार यस प्रकार छन् ।

५. कुशल मेन्डस (श्रीलंका)

श्रीलंकाका युवा ब्याटर कुशल मेन्डिस राम्रो लयमा छन् । अघिल्लो महिना श्रीलंकालाई एसिया कपको फाइनलमा पुर्याउन उनको प्रदर्शन महत्वपूर्ण थियो । श्रीलंकाका उपकप्तान मेन्डिस टोलीका प्रमुख ब्याटर हुन् । तेस्रो नम्बरमा ब्याटिङ गर्ने उनी आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

विश्वकप वार्मअप खेलमा अफगानिस्तानविरुद्ध ८७ बलमा १९ चौका र ९ छक्कासहित १ सय ५८ रनको सानदार शतकीय इनिङ खेल्दै रिटायर्ड आउट भएका थिए ।

यस विश्वकपमा मेन्डिस सर्वाधिक रन बनाउन सक्ने ब्याटरको रुपमा हेरिएको छ । २८ वर्षीय उनले १ सय १२ ओडिआई खेलमा २ शतक र २५ अर्धशतकसहित कुल ३ हजार २ सय १५ रन बनाएका छन् । श्रीलंकाका अधिकाम्स मैदान स्पिनर सहयोगी हुँदा भारतमा उनले राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

४. क्विन्टन डि कक (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिका बायाँ हाते ओपनर क्विन्टन डिककले विश्वकपपछि ओडिआई क्रिकेट खेल्ने छैनन् । उनी विश्वकप जित्दै ओडिआईबाट सन्न्यास लिन चाहन्छन् । डिकक राम्रो लयमा पनि छन् । ३० वर्षकै उमेरमा अप्रत्याशित रुपमा ओडिआई छाड्ने निर्णय लिएका डिकक दक्षिण अफ्रिका प्रमुख ब्याटर समेत हुन् ।

डिककले १ सय ४५ ओडिआईमा १७ शतक र ३० अर्धशतकसहित कुल ६ हजार १ सय ७६ रन बनाएका छन् । अर्कोतर्फ डि ककलाई भारतीय कन्डिसनबारे राम्रोसँग थाहा छ । उनले २०१३ देखी आइपिएल खेल्दै आएका छन् । भारतीय सबै मैदान र कन्डिसनको बारे राम्रोसँग जानकारी छ । त्यसैले यस विश्वकपमा सर्वाधिक रन बनाउन सक्छन् ।

३. शुभमन गिल (भारत)

भारतीय युवा ब्याटर शुभमन गिलले घरेलु मैदानमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । गिल २०२३ ओडिआईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् ।

उनले २०२३ ओडिआईमा २० खेलमा ५ शतक र ५ अर्धशतकसहित कुल १२ सय ३० रन बनाएका छन् । जसमा न्युजिल्यान्डविरुद्ध २ सय ८ रनको दोहोरो शतक पनि सामेल छ । गिल घरेलु मैदान हुँदा थप आत्माविश्वासी हुनेछन् ।

उच्च लयमा रहेका गिललाई रोक्न सबै टोलीलाई कठिन पर्ने देखिन्छ । घरेलु मैदान र दर्शकको साथसँगै उच्च लयको कारण विश्वकपमा सर्वाधिक रन बनाउन सक्छन् ।

२. स्टिभ स्मिथ (अष्ट्रेलिया)

अष्ट्रेलिया उपकप्तान स्टिभ स्मिथ बिग म्याच प्लेयर हुन् । वर्तमान विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर स्मिथले विश्वकपमा लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । स्मिथले २०१५ को विश्वकपमा अष्ट्रेलियालाई च्याम्पियन बनाउन ८ खेलमा ४ सय २ रन बनाएका थिए ।

सेमिफाइनलमा भारतविरुद्ध ९३ बलमा ११ चौका र २ छक्कासहित १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । २०१९ को विश्वकपमा स्मिथले १० खेलमा ३ सय ७९ रन बनाएका थिए ।

स्मिथ पछिल्लो समय राम्रो लयमा पनि छन् । अर्कोतर्फ स्पिन पनि त्यतिनै राम्रो खेल्छन् । स्मिथले १ सय ४५ ओडिआईमा १२ शतक र ३० अर्धशतकसहित ५ हजार ५४ रन बनाएका छन् । दबाबमा झन् राम्रो प्रदर्शन गर्ने हुँदा स्मिथ २०२३ को विश्वकपमा सर्वाधिक रन बनाउने दाबेदार खेलाडी हुन् ।

१. बाबर आजम (पाकिस्तान)

पाकिस्तानका कप्तान बाबर आजम २०२३ को विश्वकपमा सर्वाधिक रन बनाउन सक्ने ब्याटरमा पर्दछन् । बाबर कभर ड्राइभको लागि विश्वका चर्चित ब्याटर हुन् । आइसिसी ओडिआई वरियता नम्बर वान ब्याटर बाबरले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

पाकिस्तानको ब्याटिङ बाबर आजममा निर्भर छ । उनले अतिरिक्त जिम्मेवारी लिएर प्रदर्शन गर्नुपर्ने हुन्छ । बाबरले १ सय ८ ओडिआईमा १९ शतक र २८ अर्धशतकसहित कुल ५ हजार ४ सय ९ रन बनाई सकेका छन् ।

भारत र पाकिस्तानको कन्डिसन पनि मिल्दोजुल्दो छ । टोलीमा अन्य भरपर्दा ब्याटर नहुँदा हरेक खेलमा उनलाई ठूलो इनिङको दबाब पर्दछ । वर्तमान विश्व क्रिकेटका ब्याटिङका बादशाह मानिने बाबर यस विश्वकपमा सर्वाधिक रन बनाउने ब्याटरका दाबेदार खेलाडी हुन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.