1 year ago
October 3, 2023
एजेन्सी – अष्ट्रेलियाले आइसिसी विश्वकप अघि वार्मअप खेलमा पाकिस्तानमाथि १४ रनको रोमान्चक जित हात पारेको छ । जितको लागि ३ सय ५२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४७.४ ओभरमा ३ सय ३७ रनमा अल आउट भयो ।
पाकिस्तानका कप्तान बाबर आजम ५९ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९० रन बनाउँदै रिटायर्ड आउट भए । त्यस्तै इफ्तिखर अहमद ८५ बलमा ६ चौका र ४ छक्कासहित ८३ रनमा आउट भए ।
मोहम्मद नवाज ४२ बलमा ६ चौका र १ छक्कासहित ५०, ओपनर फखार जमान २२, इमाम उल हक १६, अब्दूल्लाह शफिक १२, शादब खान ९, अघा सलमान १०, उस्मा मिर १५ र हसन अली १६ रनमा आउट भए ।
अष्ट्रेलियाका मार्नस लाबुसेनले ८.४ ओभरमा ७८ रन खर्चेर ३ विकेट लिए । मिचेल मार्श ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्स २, ग्लेन म्याक्सवेल र शन एबोटले समान एक विकेट लिए । डेविड वार्नरले २ ओभरमा ४१ रन खर्चेका थिए ।
त्यसअघि हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोेजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो ।
अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले ७१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७७ रनको योगदान दिएका थिए । त्यस्तै क्यामरन ग्रीनले ४० बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाए । विकेटकिपर जोश इंग्लिसले ३० बलमा ८ चौका र १ छक्कासहित ४८ रन बनाए ।
ओपनर डेविड वार्नर ३३ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा आउट भएका थिए । मिचेल मार्श ३१, स्टिभ स्मिथ २७, मार्नस लाबुसेन ४० र एलेक्स केरी ११ रनमा आउट भएका थिए ।
पाकिस्तानका उस्मा मिर ५ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । हरिस रौफ, मोहम्मद वासिम जुनियर, शादब खान र मोहम्मद नवाजले समान एक विकेट लिएका थिए । विश्वकपमा पाकिस्तानले शुक्रबार नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । अष्ट्रेलियाले आइतबार भारतसँग खेल्नेछ । विश्वकपको पहिलो खेलमा बिहीबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]