default_image

1 year ago

October 3, 2023

‘२० रन जति अली धेरै नै भयो’- सन्दीप

5323 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले १९ औं एसियाली खेलकुद(एसियाड) को क्वाटरफाइनल खेलमा भारतविरुद्ध २० रन बढी खर्चिएको बताएका छन् । नेपाल भारतसँग २३ रनले पराजित हुँदै बाहिरिएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘नेपाली क्रिकेटको लागि यो एकदमै सकरात्मक पक्ष हो । हामीले खेल हारेपनि धेरै सकरात्मक पक्ष पाएका छौं । आगमी दिनमा टि२० विश्वकप छनोट आउँदैछ । भारतको कमजोर टोली होइन । वहाँहरुको धेरै खेलाडीले भारतबाट प्रतिनिधित्व गरि सक्नु भएको छ । सबैले आइपिएल खेलेका छन् । क्वालिफायर अघि सबै जनाको लागि राम्रो आत्माविश्वास हुनेछ’, सन्दीपले भने ।

जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । सन्दीप नेपाललाई २० रन जति अली धेरै नै भएको बताउछन् ।

‘२० रन जति अली धेरै नै भएको थियो । मैदान पनि सानो थियो । धेरै कुरा कन्ट्रोलमा गर्न सकिदैन । राम्रो बलमा पनि रन लागेको हुन्छ । राम्रो यात्रा रह्यो’, उनले भने ।

‘हामीले हाम्रो तर्फबाट राम्रो गर्न खोजेको हो । हामीले राम्रो गरेका पनि थियौं । त्यसमा अनुभवको कुरा हो । हामीले खेलेका छौं । तर वहाँहरुले हामीले भन्दा शीर्षस्तरको क्रिकेट खेल्नु हुन्छ । त्यहिँ मात्रै एउटा फरक हो । अवस्थालाई छिट्टै बुझेको पनि देखिन्छ’, उनले भने ।

सन्दीपको पूरा भिडियो हेर्नुहोस्

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.