default_image

11 months ago

October 3, 2023

नेपालले भारतसँग हार्नुको प्रमुख पाँच कारण

12798 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनलमा भारतसँग २३ रनले पराजित हुँदै बाहिरिनु पर्यो । खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपनि जित निकाल्न सकेन ।

जितको लागि २ सय ३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । एक समय नेपाली ब्याटरले भारतीय टोलीलाई पूरै दबाबमा राखेका थिए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ तथा सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए । भारतका स्पिनर रवि विश्रोई र आवेश खानले समान ३ विकेट लिएका थिए ।

त्यसअघि झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो ।

भारतको जितमा यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । नेपालले हार्नुमा आफ्ना गल्तीनै प्रमुख कारणहरु छन् । नेपालले खेलमा केहि पक्षमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सकेको भए भारतलाई हराउँदै इतिहास रच्न सक्थ्यो । नेपालले भारतसँग हार्नुको मुख्य पाँच कारण यस प्रकार छन् ।

५. बलिङमा सुरुवात र अन्त्य राम्रो नहुनु

कुनैपनि टोलीलाई जित हात पार्न ब्याटिङ होस् वा बलिङ, सुरुवात र अन्त्य सधैं राम्रो गर्नुपर्छ । तर नेपालले बलिङमा सुरुवात र अन्त्य दुबै राम्रो गर्न सकेन । नेपालले सुरुवाती ६ ओभरमै ६३ रन खर्चिदा विकेट लिन सकेको थिएन । पहिलो विकेटका लागि ऋतुराज गायकवाड र जैसवालले मात्रै ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए ।

डेथ ओभर अर्थाथ अन्तिम पाँच ओभरमा भारतले ६४ रन बनाएको थियो । १५ ओभरमा भारत १३८–३ को अवस्थामा थियो ।
नेपालले पावर प्लेमा ६ र डेथ ओभरमा पाँच गरि कुल ११ ओभरमा १ सय २७ रन खर्चिदा एक विकेट मात्रै लिएको थियो ।

त्यसैको कारण भारतले विशाल योगफल बनाएको थियो । यदि नेपालले डेथ ओभर र पावर प्लेमा राम्रो गरेको भए १७०/८० को आसपासमा योगफल बनाउने थियो । स्कोर बोर्डमा कम रन हुँदा ब्याटरको मनोबल पनि फरक हुन्थ्यो । हरेक बलमा ठूला सर्टको जोखिम लिनु पर्ने थिएन ।

४. जैसवालको विकेट लिन नसक्नु

नेपालविरुद्ध यशस्वी जैसवाल सुरुवात देखीनै आक्रामक बने । नेपालको जितमा उनी नै बाधक बने । उनी बाहेक अन्य ब्याटर रन बनाउन संघर्ष गरेका थिए । गायकवाड २३ बलमा २५, तिलक बर्मा १० बलमा २ रन र जितेश शर्मा ४ रनमा आउट भएका थिए । शिबम दुबेले १९ बलमा २५ रन बनाएका थिए ।

रिंकु सिंहले भने १५ बलमा २ चौकार ४ छक्कासहित ३७ रन जोडेका थिए । जैसवाल बाहेक अन्य कुनैपनि ब्याटर खुलेर रन बनाउन सकेका थिएनन् । तर अर्को एन्डबाट जैसवालले लगातार आक्रामक ब्याटिङ गर्दै विशाल योगफलको आधार तय गरेका थिए । जैसवाललाई समयमै आउट गर्न सकेको भए भारत उक्त योगफलमा पुग्न सक्ने थिएन । र नतिजा पनि अर्कै हुनसक्थ्यो ।

३. कुशल मल्ल र रोहित एकै ओभरमा आउट हुनु

नेपालको हारको मुख्य कारण कुशल मल्ल र रोहित पौडेल एकै ओभरमा आउट हुनु पनि हो । नेपाललाई अन्तिम १० ओभरमा जितको लागि १ सय ३० रन चाहिँएको थियो ।

मंगोसिया र माल्दिभ्सविरुद्ध सानदार प्रदर्शन गरेका दुई प्रमुख ब्याटर रोहित र कुशल मल्ल क्रिजमा थिए । तर ११ औं ओभरमा स्पिनर रवि विश्रोई कुशल मल्ल र रोहित पौडेललाई आउट गर्दै नेपालबाट जित टाढा बनाएका थिए ।

मल्ल चौथो बलमा क्याच आउट हुँदा रोहित अन्तिम बलमा एलबीडब्लू आउट भए । प्रमुख ब्याटर एकै ओभरमा आउट हुँदा नेपाल दबाबमा परेको थियो ।

२. अम्पायरको विवादित निर्णय र कमजोर फिल्डिङ

आजको खेलमा अम्पायरको निर्णय पनि नेपाललाई घातक बन्यो । रिभ्यु उपलब्ध नहुँदा खेलमा कमजोर टोलीलाई सधैं अन्याय पर्दछ । अम्पायरले निर्णय दिदा ठूला टोलीलाई ध्यानमा राख्ने गर्दछन् । नेपाललाई कुशल भुर्तेलले सुरुवात देखी राम्रो आशा दिलाएका थिए । उनी अन्तिम सम्म टिक्दा नेपालको जित सम्भव थियो ।

स्पिनर साई किशोरको नवौं ओभरको पाँचौं बलमा कुशल भुर्तेल स्कुप खेल्ने धुनमा सर्ट फाइनलमा आवेश खानबाट समातिन पुगेका थिए । तर कुशलको क्याच थिएन । आवेश खानले उक्त क्याच जमिनसँगै टेकाउँदै लिएका थिए ।

तर अम्पायरले उक्त क्याच भिडियोमा रिप्ले नहेरी आउट दिए । कुशल ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । उनले समय लिएर विपक्षी बलरको जानकारी लिई सकेका थिए । रन हान्नेक्रममा उनी अम्पायरको गलत निर्णयकको शिकार बने ।

त्यसै बलिङमा करण केसीको दास्रो ओभरको तेस्रो बलमा गायकवाड एक रन तथा दीपेन्द्र दशौं ओभरको तेस्रो बलमा जैसवाल ७२ रनमा एलबीडब्लू आउटको अपिल परेपनि दिएका थिएनन् ।

दुबै अपिल क्लोज थिए । अर्कोतर्फ नेपालको फिल्डिङ पनि त्यति राम्रो हुन सकेन । फिल्डिङकै कारण नेपालले अतिरिक्त रन दिएको थियो । नेपालले राम्रो फिल्डिङ गर्न सकेको भए नतिजा अर्कै हुनसक्थ्यो ।

१. बलिङमा अन्तिम समयमा मोमेन्ट गुमाउनु र दीपेन्द्रको विकेट

रोहित र कुशल आउट भएपछि नेपालको जितको आशा लगभग सबैले मारी सकेका थिए । तर दीपेन्द्रसिंह ऐरीले १४ औं ओभरमा शिबम दुबेलाई लगातार तीन छक्का हानेपछि नेपाल खेलमा सम्भावना कायमै राखेको थियो । भारत दबाबमा परेको थियो । नेपाललाई अन्तिम ६ ओभरमा ८३ रन चाहिँएको थियो । टि२० क्रिकेटमा यो असम्भव मानिदैन ।

दीपेन्द्र ती ब्याटर हुन् जसले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक हानेका थिए । उक्त अर्धशतक क्रिकेट इतिहासकै सर्वाधिक छिटो थियो । यो अवस्थाबाट दीपेन्द्र नेपालको जित पक्का गराउन सक्थे । तर १५ औं ओभरको दोस्रो बलमा स्पिनर विश्रोईलाई ठूलो सट हान्ने धुनमा दीपेन्द्र क्याच आउट भए । दीपेन्द्र आउट भएसँगै जितको सम्भावना लगभग सकिएको थियो ।

अर्कोतर्फ बलिङको अन्तिम ओभरमा मोमेन्ट भारतको पक्षमा गएको थियो । १९ ओभरमा भारत १७७–४ को अवस्थामा थियो । तर रिंकु सिंहले अभिनाशलाई समान दुई चौका र छक्काका साथ कुल २५ रन जोेड्दै खेलको पुरै मोमेन्ट आफ्नो पक्षमा पारेका थिए ।

२ सय रनको योगफल कटाउँदै स्कोर बोर्डको दबाब समेत राखेका थिए । क्रिकेटमा मोमेन्ट निकै महत्वपूर्ण हुन्छ । अन्तिम समयमा मोमेन्ट बलिङमा गुमाउनु हारको अर्को कारण थियो ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.