default_image

11 months ago

October 3, 2023

नेपालविरुद्ध जैसवालको कीर्तिमानी शतक

3042 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – भारतीय बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल खेलमा नेपालविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् । योसँगै जैसवाल टि२० आईमा भारतबाट कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन् । जैसवालले ४८ बलमा ८ चौका र ७ छक्कासहित १ सय रनमा क्रिजमा छन् ।

सोमपाल कामीको १६ औं ओभरको पाँचौं बलमा एक रन बटुल्दै उनले शतक पूरा गरेका थिए । त्यसअघिको बलमा उनले छक्का मान्दै शतकको सेलेब्रेसन गरेका थिए । तर बल चौका भएपछि ९९ रनमा पुग्नु परेको थियो । त्यसैले उनले दुई पटक शतकको सेलेब्रेसन गरेका थिए ।

जैसवालले २१ बवर्ष २ सय ७९ दिनमा शतक हानेका छन् । यसअघि शुभमन गिलले गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध २३ वर्ष १ सय ४६ दिनमा १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए । टि२० आईमा सर्वाधिक सर्वाधिक कम उमेरमा शतक फ्रान्सका गुस्तभ म्याकेओनले १८ वर्ष २ सय ८० दिनमा स्वीजरल्यान्डविरुद्ध शतक हानेका थिए ।

त्यस्तै कुशल मल्लले मंगोलियाविरुद्ध १९ वर्ष २ सय ६ दिनमा शतक हानेका थिए । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले १६ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको छ ।

नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भए ।

सुरुवात देखीनै संघर्ष गरेका गायकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भएका थिए । पहिलो विकेटका लागि जैसवाल र गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए ।

तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे । तिलक बर्माले १० बल खेलेका थिए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.