default_image

12 months ago

October 3, 2023

सेमिफाइनलमा पुग्न नेपालले उपाधि दाबेदार भारतसँग खेल्दै

1283 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ ।

भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालको रोहित पौडेल र भारतको ऋतुराज गायकवाडले कप्तानी गर्नछन् । नेपालले टि२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको ।

नेपाल टि२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो । त्यस्तै भारत २००७ को टि२० विश्वकप विजेता हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक नम्बर वान टि२० आई वरियता टोली र विश्वकप विजेतासँग खेल्न लागेको हो ।

ओडिआईमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो । त्यो समय पाकिस्तान वरियतामा शीर्षस्थानमा थियो । त्यस्तै भारत, पाकिस्तान र वेस्टइन्डिजगरि तीन विश्वकप टोलीसँग ओडिआईमा खेलि सकेको छ ।

माल्दिभ्ससँगको खेलबाट नेपालले टोलीमा एक परिवर्तन गर्ने पक्काछ । माल्दिभ्सविरुद्ध नेपालका तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएको थियो । विकेटकिपर विनोद भण्डारीले उनको स्थानमा खेल्ने मौका पाएका थिए ।

नेपालले करणलाई प्लेइङ ११ मा फर्काउने पक्काछ । करण तीव्र गतिका नेपालबाट टि२० आई सर्वाधिक विकेट लिने बलर हुन् । टि२० आईमा ह्याट्रिक लिने एक्लो नेपाली खेलाडी करणले सानदार प्रदर्शन गर्दै आएका छन् । अनुभवी करणले नयाँ बलका साथ लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । करण फर्किदा विनोद भण्डारी वा सन्दीप जोरा मध्य एक बेन्चमा बस्नुपर्ने हुन्छ । नेपालमा अन्य परिवर्तन सम्भावना भने कम छ ।

भारत एकदिवसीय विश्वकपको कारण एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । सबै टेस्ट टोलीले विश्वकपको कारण दोस्रो रोजाईको टोली नै पठाएका छन् ।

भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । भारतको यस टोलीलाई २०२४ को विश्वकप खेल्ने खेलाडीको रुपमा हेरिएको छ ।

भारतबाट लगातार टि२० आई टोलीमा खेल्दै आएका डेथ ओभर स्पेलिष्ट अर्शदीप सिंह टोलीमा छन् । उनले ३३ टि२० आईमा ५० विकेट लिएका छन् । भारतीय ब्याटिङका भविष्य मानिएका रिंकु सिंह, युवा ओपनर यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, जितेश शर्मा र शिबम दुबे पनि टोलीमा छन् ।

बायाँ हाते विष्फोटक ओपनर जैसवालले २ टेस्ट र पाँच टि२० आई खेल खेलेका छन् । उनले आइपिएल इतिहासकै सर्वाधिक छिटो गतवर्ष उनले १३ बलमै कोलकाताविरुद्ध अर्धशतक हानेका थिए ।

आइपिएलमा कोलकाताबाट गुजरातविरुद्ध लगातार पाँच छक्का हान्दै खेल जिताएका रिंकु सिंह पनि टोलीमा छन् । रिंकु भारतीय ब्याटिङमा फिनिसरको रुपमा खेली सकेका छन् । रिंकुले भारतबाट दुई टि२० आई खेलेका छन् ।

शिबम दुबे अर्का विष्फोटक ब्याटर हुन् । दुबेलाई भारतीय क्रिकेटमा युवराज सिंहसँग पनि तुलना गर्ने गरिन्छ । उनी विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । यस सिजनको आइपिएल चेन्नई सुपर किंग्सलाई जिताउन दुबेको प्रदर्शन निकै महत्वपूर्ण थियो ।

टि२० आई टोलीमा नियमित खेल्दै आएका स्पिनर रवि विश्रोई पनि छन् । लेग स्पिनर विश्रोई र अलराउन्डर तिलक बर्मा पनि छन् । बर्मा स्पिन अलराउन्डर हुन् । बर्माले भारतीय टोलीबाट १ ओडिआई र ७ टि२० आई खेलेका छन् ।

भारतको कप्तानी ऋतुराज गायकवाडले गर्नेछन् । चेन्नई सुपर किंग्सबाट ओपनिङ गर्दै धोनीको कप्तानीमा गायकवाडले दमदार प्रदर्शन गर्दै आएका छन् । गायकवाडसँग ४ ओडिआई र ११ टि२० आईको अनुभव छ । एसियाड टोलीमा रहेका आकाश दीप, प्रभशिम्रन सिंह र जितेश शर्मा बाहेक अन्य सबैले भारतीय टोलीबाट खेलेका छन् ।

स्पिन अलरान्डर वासिन्टन सुन्दरले भारतबाट ४ टेस्ट, १८ ओडिआई र ३७ टि२० आई खेल खेलेका छन् । सुन्दरसँग भारतीय टोलीको राम्रो अनुभव छ । यस टोलीलाई २०२४ को विश्वकप खेल्ने भारतीय टोलीको रुपमा हेरिएको छ । अधिकाम्स टि२० विशेष खेलाडीको रुपमा भारतबाट खेल्दै आएका छन् ।

अर्शदीप, यशस्वी र तिलक बर्मा प्रमुख हतियार हुन् । आजको अर्को क्वाटरफाइनल खेलमा हङकङले पाकिस्तानसँग खेल्नेछ । बुधबार दुई क्वाटरफाइनल खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र अफगानिस्तान भिड्नेछन् । अर्को खेलमा मलेसियाले बंगलादेशसँग खेल्नेछ । सेमिफाइनल शुक्रबार तथा स्वर्ण र कास्यको लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।

नेपालको टोली :

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।

भारतको टोली :

ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, शाहवाज अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिभम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह ।

September 27, 2024

क्यानको अनुमानित बजेट ६२ कराेड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो । पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ। त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को […]

September 27, 2024

तीन खेलाडीको शतकमा श्रीलंकाको विशाल योगफल

एजेन्सी – तीन ब्याटरको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । दुई टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । गालेमा टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो इनिङ ५ विकेट गुमाएर ६ सय […]

September 27, 2024

विश्वकप लिग टु – क्यानडाको लगातार चौथो जित

एजेन्सी – क्यानडाले विश्वकप लिग टुमा लगातार चौथो जित हात पारेको छ । विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको ४ खेलमा क्यानडाले जित निकालेको हो । लगातार चौथो जित हासिल गर्ने क्रममा बिहीवार क्यानडाले ओमानलाई ५ विकेटले हराएको थियो । १ सय ९९ रनको लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा […]

Success

Thank you for your time.