default_image

12 months ago

October 2, 2023

भारतविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

10957 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा मंगलबार बिहान भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ ।

भारत सिधैं क्वाटरफाइनल खेलेको हो । नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । स्वर्णको प्रमुख दाबेदार भारतविरुद्ध नेपालले आफ्नो उत्कृष्ट प्लेइङ–११ मैदान उतार्ने अनुमान गरिएको छ । नेपालले कुनै जोखिम लिने छैन ।

माल्दिभ्ससँगको खेलबाट नेपालले टोलीमा एक परिवर्तन गर्ने पक्काछ । माल्दिभ्सविरुद्ध नेपालका तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएको थियो । विकेटकिपर विनोद भण्डारीले उनको स्थानमा खेल्ने मौका पाएका थिए ।

नेपालले करणलाई प्लेइङ ११ मा फर्काउने पक्काछ । करण तीव्र गतिका नेपालबाट टि२० आई सर्वाधिक विकेट लिने बलर हुन् । टि२० आईमा ह्याट्रिक लिने एक्लो नेपाली खेलाडी करणले सानदार प्रदर्शन गर्दै आएका छन् । अनुभवी करणले नयाँ बलका साथ लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

एसिया कपमा भारतविरुद्ध पहिलो ओभरमा रोहित शर्मालाई लगातार डट र इनस्वींगका साथ दबाबमा राखेका थिए । करण टोलीमा फर्किदा विनोद भण्डारी र सन्दीप जोरा मध्य एकलाई बेन्चमा राख्नुपर्ने हुन्छ । विनोदले माल्दिभ्सविरुद्ध १५ बलमा १३ र सन्दीप जोराले ९ बलमा ५ रन बनाएका थिए ।

नेपालले सन्दीप जोरालाई पहिलो खेलमा पनि खेलाएको थियो । त्यसैले विनोद भण्डारीलाई नै बेन्चमा राख्न सक्छ । माल्दिभ्सविरुद्ध विनोदलाई तेस्रो नम्बरमा खेलाएको थियो । तर भारतविरुद्ध कुशल मल्लले उक्त नम्बरमा फर्किनेछन् ।
गुलशन झालाई नेपालले ब्याटिङ अलराउन्डरको रुपमा खेलाउँदै आएको छ । उनीबाट तल्लोक्रममा नेपालले ठूला सर्टको आशा राख्दै आएको छ ।

पिच स्पिनर सहयोगी भएको खण्डमा भने गुलशनको स्थानमा सागर ढकाललाई हेर्न सक्छ । तर त्यो सम्भावना निकै कम देखिन्छ । स्पिनरमा सन्दीप लामिछाने प्रमुख बलर हुन् । दीपेन्द्र सिंह ऐरीले अर्को एण्डबाट सन्दीपलाई साथ दिनेछन् । पार्टटाइममा कुशल मल्ल, कुशल भुर्तेल र रोहित आफैंपनि आउन सक्छन् ।

टोलीमा अन्य खेलाडी कुनै परिवर्तन गर्ने छैन । ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुने छन् । एसिया कपमा यी दुई अ‍ोपनरले भारतविरुद्ध पावर प्लेमा ६५ रन बनाएका थिए ।

नेपाल ओपनरबाट राम्रो सुरुवात चाहन्छ । कुशल मल्लले मंगोसियाविरुद्ध ५० बलमा १ सय ३७ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

रोहित शर्मा र डेविड मिलरको कीर्तिमान तोड्दै ३४ बलमै शतक हानेका मल्ल लयमा छन् । माल्दिभ्सविरुद्ध कुशलले २० बलमा समान ३ चौका र छक्काका साथ ४७ रन बनाएका थिए । कुशल तेस्रो नम्बरमा खेल्नेछन् । उनीबाट विष्फोटक ब्याटिङ निरन्तरता नेपाल चाहन्छ ।

कप्तान रोहित पौडेल चौथो नम्बरमा खेल्नेछन् । रोहितले मंगोसियाविरुद्ध ६१ र माल्दिभ्सविरुद्ध ५२ रन बनाएका थिए । रोहितबाट कप्तानी इनिङ खेल्नेछ । पाँचौं नम्बरमा दीपेन्द्रलाई खेलाउनेछ ।

दीपेन्द्रले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक हानेका थिए । क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक थियो । दीपेन्द्रले केहि महिना अघि ग्लोबल टि२० क्यानडा खेलेको हुँदा मनोबल उच्च हुनेछ । दीपेन्द्रबाट नेपाल धेरै आशा राख्नेछ ।

त्यसपछि नेपालको अवस्था अनुसार ब्याटिङमा खेलाडी आउनेछन् । एकदमै राम्रो अवस्थामा भएमा करण केसी आएर विष्फोटक अन्त्य गर्न खोज्नेछन् । कमजोर अवस्थामा भएको खण्डमा सोमपाल कामी, सन्दीप जोरा, गुलशन झा हुँदै करण खेल्नेछन् ।

सबै खेलाडी राम्रो ब्याटिङको क्षमता राख्छन् । करणको प्रदर्शन महत्वपूर्ण हुनेछ । सन्दीप लामिछाने र अभिनाश बोहरा १० औं र ११ औं नम्बरमा हुनेछन् । अभिनाश नेपालका टि२० विशेष खेलाडी हुन् । माल्दिभ्सविरुद्ध ६ विकेट लिएका थिए । योर्करका लागि माहिर अभिनाशबाट भारतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन चाहन्छ ।

करण, सोमपाल र अभिनाश प्रमुख तीव्र गतिका बलर हुन् । गुलशन पार्टटाइमको रुपमा हुनेछन् । सन्दीप प्रमुख स्पिनर हुन् । दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन् । नेपालको टोलीमा नौं नम्बर सम्म ब्याटिङ गर्ने खेलाडी छन् । ब्याटिङ नेपालको हतियार बनाउनु पर्ने हुन्छ ।

नेपालको सम्भावित प्लेइङ-११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

September 27, 2024

क्यानको अनुमानित बजेट ६२ कराेड

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले चालु आर्थिक वर्ष २०८१/ ८२ को लागि ६२ करोड रूपैयाँ अनुमानित बजेट पास गरेको छ। यो क्यानको इतिहासकै ठूलो बजेट हो । पोखरामा शुक्रवार सुरु भएको क्यानको वार्षिक साधारण सभामा कोषाध्यक्ष पदमबहादुर खड्काले प्रस्तुत गरेको अनुमानित बजेटलाई पास गरेको बताइएको छ। त्यस्तै गत आर्थिक बर्ष २०८०/८१ को […]

September 27, 2024

तीन खेलाडीको शतकमा श्रीलंकाको विशाल योगफल

एजेन्सी – तीन ब्याटरको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । दुई टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ । गालेमा टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो इनिङ ५ विकेट गुमाएर ६ सय […]

September 27, 2024

विश्वकप लिग टु – क्यानडाको लगातार चौथो जित

एजेन्सी – क्यानडाले विश्वकप लिग टुमा लगातार चौथो जित हात पारेको छ । विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको ४ खेलमा क्यानडाले जित निकालेको हो । लगातार चौथो जित हासिल गर्ने क्रममा बिहीवार क्यानडाले ओमानलाई ५ विकेटले हराएको थियो । १ सय ९९ रनको लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा […]

Success

Thank you for your time.