default_image

11 months ago

October 2, 2023

भारतसँग नेपालको असली अग्नी परिक्षा

1745 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – यो साता विश्व क्रिकेटमा सबैभन्दा बढी चर्चा नेपाली क्रिकेट टोलीको रह्यो । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा मंगोलियामाथि एकै खेलमा एक दर्जन विश्व कीर्तिमान बनाउँदै सनसनी मच्चायो ।

नेपालले मंगोलियाविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । टि२० आईका लगभग सबै प्रमुख कीर्तिमान तोडिएका थिए । मंगोलियालाई ४१ रनमा अल आउट गर्दै २ सय ७३ रनको जित हात पारेको थियो । कुशल मल्लले ५० बलमा ८ चौका र १२ छक्कासहित कुल १ सय ३७ रन बनाएका थिए ।

त्यस्तै दीपेन्द्रले १० बलमा ८ छक्कासहित ५२ रन बनाएका थिए । कुशलले ३४ बलमा शतक र दीपेन्द्रले ९ बलमा अर्धशतक पूरा गरेका थिए ।

टि२० आईमा तीन सय रन कटाउने पहिलो टोली, सर्वाधिक ठूलो जित, सर्वाधिक छिटो अर्धशतक र शतक, तेस्रो विकेटका लागि उच्च साझेदारी, एकै खेलमा सर्वाधिक छक्का लगायत नेपालले विश्व कीर्तिमानको वर्षा बनाएको थियो । नेपालले एकै इनिङमा २६ छक्का हानेको थियो ।

नेपालले दोस्रो खेलमा माल्दिभ्सविरुद्ध २ सय १२ रन बनाएको थियो । माल्दिभ्सविरुद्ध नेपालका रोहित पौडेलले ५२ र कुशल मल्लले ४७ रन बनाएका थिए । अभिनाश बोहराले ६ विकेट लिएका थिए । अभिनाश ६ विकेट लिने टि२० आईमा पहिलो नेपाली खेलाडी थिए ।

नेपालले मंगोलिया र माल्दिभ्सविरुद्ध सहजै जित हात पारेको थियो । मंगोलियाले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । माल्दिभ्सको दोस्रो रोजाईको टोली थियो । त्यसैले नेपाललाई जित निकाल्न कुनै कठिन भएन । स्तर अनुसार नेपालको जितमा धेरे आश्चर्य मान्नुपर्ने कुरा पनि थिएन ।

तर मंगलबार क्वाटरफाइनल खेलमा नेपालले भारतसँग खेल्नेछ । खेल बिहान ६ : ४५ मा सुरु हुनेछ । एकै खेलमा एक दर्जन विश्व कीर्तिमान बनाउने नेपाली बलर र ब्याटरको असली परिक्षा उपाधिको प्रमुख दाबेदार भारतविरुद्ध हुनेछ । भारतीय टोलीमा युवा स्टार ब्याटर र बलरको बाहुल्यता छ । भारतको टोलीबाट १२ जना खेलाडीले खेलेका छन् । केहि खेलाडी टि२० आईमा नियमित खेल्ने छन् ।

तीव्र गतिका बलरमा अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार छन् । अर्शदीप भारतका नियमित टि२० आई खेल्ने खेलाडी हुन् । उनी डेथ ओभर स्पेलिष्ट हुन् । हरेक बल योर्कर फ्याँल्ने क्षमता राख्छन् । उनले ३३ टि२० आईमा ५० विकेट लिई सकेका छन् । नयाँ बलका साथ राम्रो स्वींग पनि गराउँछन् ।

बायाँ हाते बलरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो पनि छैन । मुकेश स्वींगका लागि चिनिन्छन् । भारतको स्पिन आक्रामण पनि त्यतिनै मजबुत छ । लेग स्पिनर रवि बिश्रोई र वासिन्टन सुन्दर छन् । यी दुई स्पिनर भारतका नियमित खेलाडी हुन् । पिच पनि स्पिनर सहयोगी छ । स्पिन अलराउन्डरमा तिलक बर्मा पनि हुनेछन् ।

मंगोलियालाई ४१ र माल्दिभ्सलाई ७४ रनमा अल आउट गर्ने नेपाली बलरको पनि राम्रो परिक्षा हुनेछ । यशस्वी जैसवाल, ऋतुराज गायकवाड, रिंकु सिंह र शिवम दुबे जस्ता खेलाडी छन् । रिंकु, दुबे र जैसवाल आक्रामक ब्याटर हुन् । तिलक बर्मा पनि आक्रामक ब्याटर हुन् । यी सबैले भारतीय टोलीबाट खेलेका छन् ।

२०२४ को विश्वकपमा यी खेलाडी नै खेल्ने अनुमान गरिएको छ । सबै खेलाडी भारतीय टि२० विशेष खेलाडी पर्दछन् । एसोसिएट टोलीविरुद्ध हाबी हुनसक्छन् । नेपाल जसरी माल्दिभ्स र मंगोलियाविरुद्ध प्रस्तुत भएको थियो भारतको रणनीति पनि त्यहिँ हुनसक्छ । सबै खेलाडीले आइपिएलमा सानदार प्रदर्शन गर्दै भारतीय टोलीमा स्थान बनाएका हुन् ।

यता नेपाली टोलीको मनोबल उच्चछ । अघिल्लो महिना नेपालले एसिया कपमा भारतको पहिलो रोजाईको टोलीविरुद्ध सानदार प्रदर्शन गरेको थियो ।

कुलदीप यादव, मोहम्मद शिराज, मोहम्मद शामी, शार्दुल ठाकुर र रविन्द्र जडेजाविरुद्ध नेपालले २ सय ३० रन बनाएको थियो । पावर प्लेमा ६५ रन बनाउँदै नेपाली ओपनर कुशल भुर्तेल र आसिफ शेखले भारतलाई पुरै दबाबमा राखेका थिए ।

एसिया कपको ब्याटिङले नेपाली खेलाडी थप स्वतन्त्र रुपमा मैदान उत्रर्नेछन् । भारतलाई हराउन नेपाललाई सहज हुनेछैन । नेपालले हालसम्मकै आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।

नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गर्ने सम्भावना छ । माल्दिभ्सविरुद्ध तीव्र गतिका बलर करण केसीलाई नेपालले विश्राम दिएको थियो । विनोद भण्डारीलाई मौका दिएको थियो । भारतविरुद्ध नेपालले अनुभवी बलर करणलाई फर्काउनेछ । नेपालले टोली अन्य परिवर्तन गर्ने सम्भावना भने छैन । पिच हेर्दा गुलशन झाको स्थानमा सागर ढकाल बढी फलदायी हुनसक्छन् ।

नेपाल टि२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो । भारत सन् २००७ को टि२० विश्वकप विजेता हो । नेपालले पहिलो पटक टि२० आईमा विश्वकप विजेतासँग खेल्न लागेको हो ।

नेपाललाई गुमाउनु केहि हुनेछैन । उक्त पिचमा भारत पहिलो पटक खेल्दैछ । नेपाललाई भन्दा बढी दबाब भारतलाई नै हुनेछ । नेपाल नतिजा भन्दापनि आफ्नो उत्कृष्ट क्रिकेटका साथ विश्वको ध्यान पुन तान्न चाहन्छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.