1 year ago
October 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले टि२० आईमा पहिलो पटक भारतसँग खेल्ने भएको छ । १९ औं एसियाली खेलकुद अन्तर्गत पहिलो क्वाटरफाइनलमा नेपाल र भारतबीच मंगलबार बिहान प्रतिस्पर्धा हुने भएको छ । लक्की ड्र मार्फत नेपालले भारतसँग खेल्न लागेको हो ।
नेपालले पहिलो पटक भारतसँग टि२० आई खेल खेल्न लागेको हो । अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग खेलेको थियो ।
एकदिवसीय एसिया कपमा श्रीलंकाको कान्डीमा नेपालले भारतससँग खेलेको थियो । उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर नेपालले भारतविरुद्ध ब्याटिङमा सानदार प्रदर्शन गर्दै विश्वको ध्यान केन्द्रित गरेको थियो ।
विश्वकपको कारण भारतले एसियाड खेल्न दोस्रो रोजाईको खेलाडी पठाएको छ । रिंकु सिंह, यशस्वी जैसवाल, ऋतुराज गायकवाड, आवेश खान, अर्शदीप सिंह, शिवम दुबे, वासिन्टन सुन्दर र राहुल त्रिपाठी लगाएका खेलाडी छन् ।
नेपालले हालसम्म ५९ टि२० आई खेल खेलेका छ । जसमा ३५ जित र २३ मा हार छ । नेपालले टि२० आईमा टेस्ट टोलीसँग हालसम्म बंगलादेशसँग १, आयरल्यान्डसँग ३ र जिम्बावेसँग २ खेल खेलेको छ ।
टि२० आईमा नेपालले सबैभन्दा धेरै नेदरल्यान्ड्ससँग ९ खेल खेलेको छ । त्यस्तै मलेसियासँग ८, हङकङ, केन्या र युएईसँग ५–५ खेल खेलेको छ ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]