1 year ago
October 2, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – नेपाल चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड)को क्वाटरफाइलमा भारतसँग परेको छ । लक्की ड्र बाट नेपाल भारतसँग परेको हो ।
कप्तान रोहित पौडेलले भारतको चिट्ठा निकालेका थिए । नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ ।
अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका थिए । अफगानिस्तान भने नखेली गएको हो । क्वाटरफाइनलमा भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले सोझै स्थान पाएका थिए ।
पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँगै मंगलबार खेल्नेछ । बुधबार श्रीलंकाले अफगानिस्तानसँग क्वाटरफाइनल खेल्नेछ । त्यस्तै बुधबार मलेसियाले क्वाटरफाइनलमा बंगलादेशसँग खेल्नेछ ।
उपाधिको प्रमुख दाबेदार भारतविरुद्ध नेपालले क्वाटरफाइनलमै खेल्नु पर्ने भएको छ । नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६ : ४५ मा हुनेछ ।
नेपालले पहिलो खेलमा मंगोलियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । जुन टि२० आई इतिहासमा ३ सय रन कटाउने नेपाल पहिलो टोली थियो । उक्त खेलमा कुशल मल्लले ३४ बलमा शतक हानेका थिए । टि२० इतिहासकै सर्वाधिक छिटो शतक थियो । उनले डेविड मिलर र रोहित शर्माको ३५ बलको कीर्तिमान तोडेका थिए ।
दीपेन्द्रले ९ बलमै अर्धशतक हानेका थिए । कुनैपनि खेलको सर्वाधिक छिटो अर्धशतक थियो । अव कहिल्यै तोडिने पनि छैन । माल्दिभ्सविरुद्ध नेपालले २ सय १२ रन बनाएको थियो । अभिनाश बोहराले ६ विकेट लिएका थिए । उनी टि२० आईमा ६ विकेट लिने पहिलो खेलाडी हुन् । नेपालको असली परिक्षा भारतसँग हुनेछ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]