default_image

1 year ago

October 1, 2023

‘छैटौं छक्का हानेपछि अब रकर्ड बन्न सक्छ लागेको थियो’ – दीपेन्द्र

3117 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी इनिङ खेल्दा सुरुवाती ६ बलमा ६ छक्का हानेपछि कीर्तिमान बन्न सक्ने मनमा लागेको बताएका छन् ।

दीपेन्द्रले मंगोलियाविरुद्ध मात्रै ९ बलमा ५० रन पूरा गरेका थिए । विश्व क्रिकेटको कुनैपनि खेलमा बनेको त्यो सर्वाधिक छिटो अर्धशतक हो । आइतबार माल्दिभ्सलाई हराएपछि दीपेन्द्रले उक्त कीर्तिमानबारे बताएका छन् ।

‘त्यस्तो दिमागमा त थिएन । गएर सुरुवात गरेपछि पहिलो छक्का हाने । लगातार पाँच हान्न सम्म सोचेको थिएन । ६ छक्का हानेपछि अव कीर्तिमान बन्छ भन्ने लागेको थियो’, उनले भने ।

नेपालले एसिया कपमा अघिल्लो महिना भारत र पाकिस्तानसँग खेलेको थियो । नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका मध्य एकसँग खेल्नेछ ।

‘हामीले दुई खेल खेलि सक्यौं । पिचको कन्डिसन पनि थाहा छ । उनीहरुलाई हामीले जित्न सक्छौं । स्पिनर धेरै खेलाएर हुन सक्छ । पिच पनि गाह्रो नै छ । त्यसै अनुसार सोचेका छौं’, उनले भने ।

एसियाडमा नेपालले हालसम्म चीनमा पदक जितेको छैन । अव अन्तिम आशाको रुपमा क्रिकेट रहेको छ । दीपेन्द्र मेडल ल्याउनेमा विश्वास राख्छन् ।

‘तत्कालका खेलहरुमा हामीले राम्रो खेलेका छौं । यहाँ पनि मेडन ल्याउन सक्नेमा हामी विश्वासी छौं’, उनले भने, ‘नेपालको लागि मेडल ल्याउनु ठूला कुरा हो । हामी प्रयास गर्नेछौं । अली सजिलो पछि छ । फ्रेन्चाइज टोलीमा भूमिका अनुसार खेलेका छौं । आफ्नो भूमिका अनुसार खेलेका छौं ।’

दीपेन्द्रको पूरा भिडियो :

February 5, 2025

अर्जुन ट्रफी – घोडाघोडीमाथि बोष्टनको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]

February 5, 2025

पूजाको अर्धशतकका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.