default_image

11 months ago

September 30, 2023

नेपालले दोस्रो रोजाईको माल्दिभ्ससँग खेल्दै

2001 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेट प्रतियोगितामा आइतबार माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार आइतबार बिहान ६ : ४५ मा सुरु हुनेछ । नेपाल माल्दिभ्समाथि सहज जितका साथ क्वाटरफाइनलमा स्थान पक्का गराउन चाहन्छ ।

उता माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो । मंगोलियाले दिएको ६१ रनको विजयी लक्ष्य माल्दिभ्सले ६.४ ओभरमै १ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालले भने मंगोसियाविरुद्ध ३ सय १४ रन बनाएको थियो । २ सय ७३ रनको जित हात पारेको थियो ।

नेपालको जितमा–११ विश्व कीर्तिमान बनेका थिए । टि२० आई इतिहासमा ३ सय रन बनाउने नेपाल पहिलो टोली बनेको थियो ।
माल्दिभ्सको पहिलो रोजाईको टोली भने एसियाडमा आएको छैन ।

माल्दिभ्सको पहिलो रोजाईको टोलीले भोली नै आइसिसी टि२० विश्वकप एसिया रिजनल क्वालिफायर ए मा घरेलु टोली कतारसँग खेल्दैछ । क्वालिफायरमा साउदी अरेबिया, कतार, माल्दिभ्स र कुवेत छन् । विजेता टोली नेपाल टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न आउनेछ ।

क्वालिफायरलाई ध्यानम राख्दै एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । त्यसैले पहिला ब्याटिङ गरेको खण्डमा नेपालले रनको वर्षा र विश्वकीर्तिमान पुन बनाउन सक्छ । माल्दिभ्सको टोलीमा अधिकाम्स खेलाडी पहिलो पटक परेका छन् । कप्तान हसन हजिक राशिदले १९ टि२० आई खेलेका छन् । उनको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

नयाँ खेलाडी हुँदा नेपाललाई सुरुवातमा बुझ्न केहि कठिन पर्न सक्छ । तर मंगोलिया जस्तो कमजोर भने छैन । नेपाललाई राम्रो चुनौती दिनसक्छ । यता नेपालले पहिलो खेलमा ५० बलमा १ सय ३७ रनको इनिङ खेलेका कुशल मल्ललाई विश्राम दिनसक्छ । कुशलले टि२० आई इतिहासकै सर्वाधिक छिटो ३४ बलमा शतक हानेका थिए । ९ बलमै अर्धशतक हानेका दीपेन्द्र सिंह ऐरीलाई पनि विश्राम दिनसक्छ ।

नेपालले यी दुई ब्याटरको स्थानमा विनोद भण्डारी र विवेक यादवलाई मौका दिनसक्छ । टि२० विशेष खेलाडी विवेक र विनोदको प्रदर्शन नेपाल हेर्न चाहन्छ । अर्को महिना विश्वकप एसिया क्षेत्र छनोट हुँदा नेपाल आफ्ना सबै खेलाडीलाई एसियाडमा विशेषगरी कमजोर टोलीविरुद्ध मौका दिने राम्रो रणनीति हुनसक्छ ।

गुलशन झाको स्थानमा प्रतिश जि.सीलाई मौका दिनसक्छ । सन्दीपको स्थानमा सागर ढकाललाई मौका दिने सोच्न सक्छ । क्वाटरफाइनल अनौपचारिकता मात्रै बाँकी देखिन्छ ।

त्यसैले बेन्चका खेलाडीलाई मौकादिनसक्छ । क्वाटरफाइनलमा नेपालले भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका मध्य एक टोलीसँग खेल्नेछ । टेस्ट टोलीविरुद्ध खेल्नुअघि नेपाल आफ्नो सबै विकल्प हेर्न सक्छ ।

नेपालले पहिला ब्याटिङ गर्दा रनको वर्षा नै गराउने हुनेछ । पहिला बलिङ गर्दा जतिसक्यो छिटो र कम रनमा रोक्ने हुनेछ । नेपालले सम्भव त टस जितेको खण्डमा बलिङ रोज्ने निर्णय लिनसक्छ ।

विश्व वरियतामा टि२० आईमा माल्दिभ्स ७८ औं र नेपाल १६ औं स्थानमा छ । त्यसमा पनि माल्दिभ्सको दोस्रो रोजाईको टोली छ । माल्दिभ्स र नेपालबीच हालसम्म दुई टि२० आई खेल भएको छ । २०१९ को १३ औं एसियाली खेलकुदमा टियु क्रिकेट मैदानमा माल्दिभ्स नेपालसँग ५ विकेट र ८४ रनले पराजित भएको थियो ।

यो पनि : एकै खेलमा नेपालका १० दुर्लभ विश्व कीर्तिमान

कीर्तिमानले छायाँमा परेको पक्ष – मंगोलियाले जोडेकोभन्दा नेपालले दिएको एक्स्ट्रा बढी

शक्तिका दुई विश्व कीर्तिमानी चेला

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.