1 year ago
September 30, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा आइतबार बिहान माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार ६ : ४५ मा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ ।
माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ । पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलेको छ । दुई प्रतियोगिता जुधेपछि एसियाडको लागि दोस्रो रोजाईको टोली पठाएकोछ ।
नेपालले पहिलो खेलबाट तीन परिवर्तन गर्ने सम्भावना छ । नेपालले पहिलो खेलमा ३४ बलमा शतक बनाएका कुशल मल्ल र ९ बलमा अर्धशतक बनाएका दीपेन्द्रसिंह ऐरीलाई विश्राम दिने सम्भावना छ ।
कुशलले मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको विश्व कीर्तिमानी इनिङ खेलेका थिए । दीपेन्द्रले १० बलमा ८ छक्कासहित ५२ रन बनाएका थिए । नेपालले यी दुई खेलाडीको स्थानमा विवेक यादव र विनोद भण्डारीलाई मौका दिनसक्छ । नेपालको क्वाटरफाइनल स्थान पक्का छ ।
माल्दिभ्स कमजोर टोली हुँदा नेपालले विवेक र विनोदलाई मौका दिनेसम्भावना छ । अर्को महिना घरेलु मैदान टियुमा टि२० विश्वकप छनोट एसिया हुँदैछ । त्यसैको कारण विवेक र विनोदलाई मौका दिन आवश्यक देखिन्छ । दुबै खेलाडी लामो समय देखी नेपाली टोलीमा खेलेका छैनन् ।
त्यस्तै पहिलो खेलमा गुलशन झाले ३ ओभरमा १८ रन खर्चेका थिए । जसमा ६ अतिरिक्त रन थियो । गुलशनको स्थानमा नेपालले प्रतिश जि.सीलाई मौका दिनसक्छ । प्रतिश बायाँ हाते बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता राख्छन् ।
नेपालले टोलीमा अन्य परिवर्तन पनि गर्नसक्छ ।
बेन्चका खेलाडीलाई मौका दिने देखिन्छ । जसमा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना धेरैछ । क्वाटरफाइनलमा नेपालले भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका मध्य एक टोलीसँग खेल्नेछ । सबै खेल टि२० आई मान्यता हुनेछन् ।
नेपालको सम्भावित प्लेइङ-११
कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, विवेक यादव, प्रतिश जि.सी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]