default_image

12 months ago

September 28, 2023

भारतको विश्वकप टोलीमा एक परिवर्तन

8614 views

0 Bookmark

एजेन्सी – घरेलु टोली भारतले अर्को सातादेखी सुरु हुने एकदिवसीय विश्वकपमा टोलीमा एक परिवर्तन गरेको छ । बायाँ हाते स्पिन अलराउन्डर अक्षर पटेल घाइते भएपछि उनको स्थानमा अनुभवी स्पिनर रविचन्द्रन आश्विनलाई टोलीमा समेटेको छ ।

३७ वर्षीय आश्विनले भारतबाट १ सय १५ ओडिआई खेल खेल्दा १ सय ५५ विकेट लिएका छन् । भारतसँग स्पिनमा कुलदीप यादवसँगै रविन्द्र जडेजा र आश्विन अलराउन्डरको रुपमा खेल्नेछन् । भारतले शनिबार इंग्ल्यान्ड र मंगलबार नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ ।

भारतले ८ अक्टोबरमा अष्ट्रेलियासँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । भारत उपाधिको प्रमुख दाबेदार टोली हो । घरेलु मैदान र कन्डिसनको फाइदा उठाउँदै भारत उपाधि जित्न चाहन्छ ।

भारतको ब्याटिङ लाइनअप उत्कृष्ट छ । रोहित शर्मा, शुभमन गिल, विराट कोहली, लाकेश राहुल, हार्दिक पान्ड्या र श्रेयस ऐर जस्ता खेलाडी टोलीमा हुँदा ब्याटिङ मजबुत देखिन्छ ।

भारतको विश्वकप टोली

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, मोहम्मद शामी, रविन्द्रन आश्विन, ईशान किशन र सूर्यकुमार यादव ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.